HomeFeatureजातीय विभेद सम्बन्धी चेतनामुलक अभियान चलाउनुपर्नेमा कानूनमन्त्रीको जोड

जातीय विभेद सम्बन्धी चेतनामुलक अभियान चलाउनुपर्नेमा कानूनमन्त्रीको जोड

काठमाण्डौ,24 मार्च 2021

कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले जातीय छुवाछुत तथा भेदभावलाई अन्त्य गर्न चेतनामुलक अभियान चलाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकमा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव(कसुर र सजाय) ऐन, २०६८ को विधायनोत्तर अवस्थाको परीक्षण सम्बन्धमा विज्ञबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै मन्त्री श्रेष्ठले जातीय छुवाछुत तथा भेदभाव अन्त्य गर्नका लागि कानून भएपनि व्यवहारमा लागू नभएकाले जनचेतनामुलक अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको हो । कानून बारे जनतालाई थाहा नभएको भन्दै उहाँले तिनै तहको सरकारले कानूनबारे नागरिकलाई जानकारी गराउनुपर्ने बताउनुभयो । त्यसका लागि विद्यालय स्तरका पाठ्यक्रमा नै समावेस गरिनुपर्ने र चेतनामुलक अभियानका लागि छुट्टै बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामीले कानून बनायौ, ऐन बनायौ तर यो बारेमा हामीले जनजनमा जानकारी गराएको छ की छैन, तीनवटै तहले यसलाई योजनाबद्ध ढंगले अगाडी लग्नुपर्छ । पाठ्यक्रममा पनि अगाडी लानुपर्छ । जसरी भौतिक विकासलाई छुट्याउँछौ त्यसरी नै चेतनामुलक अभियानका लागि बजेट छुट्याउनुपर्ने आवश्यकता छ । जबसम्म बजेट छुट्याउनुहुन्न, जबसम्म चेतना अभिवृद्धि हुँदैन तबसम्म यो घटना भइ नै रहन्छ । सरकारले प्रभावकारी ढंगले ऐनको कार्यान्वयनका लागि चेतनामुलक अभियान चलाउनुपर्छ, तिनै तहले जबसम्म चेतनामुलक अभियान चलाउँदैनौ तबसम्म न्यूनीकरण वा उन्मुलन हुन सक्दैन ।’

मन्त्री श्रेष्ठले सरकारले चाहेर मात्रै जातिय छुवाछुत तथा भेदभाव अन्त्य गर्न नसक्ने भएकाले सबै पक्षको सामुहिक प्रयास आवश्यक रहेको बताउनुभयो। राजनीतिक दलहरुले पनि आफ्नो घोषणापत्रमा राखेर अभियान चलाउनुपर्ने बताउनुभयो । बैठकमा जनता समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले जातीय छुवाछुत तथा भेदभाव सामाजिक अपराध भएकाले यसको उन्मुलनका लागि सामाजिक रुपमा नै कदम चाल्नुपर्ने बताउनुभयो । हिन्दु धर्म अनुसार छुवाछुतको प्रचलन रहेको उल्लेख गर्दै उहाँले यसको समाधानको निम्ति बाम्हण समुदायलाई नै अघि सार्नुपर्ने र पुरोहितलाई परिवर्तन गराउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो ‘यसको समाधान गर्ने हो भने पुरोहितहरु हुन्छन् नी घरमा गएर पूजाआजा गर्छन् उनीहरुमा परिवर्तन हुनुपर्छ । उनीहरुले पुराणमा परिवर्तन गर्नुपर्छ । मलाइ लाग्छ, नभए यसलाई जतिसुकै हामीले यो अपराध हो यसलाई धेरै सजाय गरौँ तर उन्मुलन हुँदैन । हामीले खोजिराखेको उन्मुलन त्यो पाउन सक्दैनौँ । हाम्रो मानसिकतालाई जबसम्म हामी हटाउन सक्दैनौ तबसम्म परिवर्तन हुँदैन । सामाजिक पाटो र कानूनी पाटोलाई अध्ययन गर्नुप¥यो । प्रचारप्रसारमा गैरसरकारी संस्थालाई राख्नुसट्टा ग्रुप अफ ब्राम्हणको एनजिओ बनाऔँ । सम्झाऔँ, बुझाउँ । त्यसले प्रभाव पार्छ । नभए जुन बसिसकेको छ मानसपटलमा त्यसलाई हटाउन गाह्रो छ । सजायले मात्रै हट्दैन ।’

सांसद कर्णले कानूनी सजायले मात्रै जातिय छुवाछुत र भेदभावको अन्त्य नहुने बताउनुभयो । शिक्षामा सुधार भए एकदुई पुस्ता पछि आफै अन्त्य हुने भन्दै उहाँले तत्काल अन्त्य नहुने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...