HomeFeatureसंसदलाई जीवन्त बनाउन चुनौतीःसभामुख अग्निप्रसाद सापकोटा

संसदलाई जीवन्त बनाउन चुनौतीःसभामुख अग्निप्रसाद सापकोटा

काठमाण्डौं, 27 मार्च 2021

सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताउनुभएको छ । शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेसनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौति थपेको बताउनुभएको हो । तर पनि ठूलाठूला बहसपछि संसदले गति लिन थालेको बताउँदै अव जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास दिलाउनुभयो । गत पुस ५ गते देखि फागुन ११ गते सम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको पनि बताउनुभयो । निकै उतारचढाव र महान बहसपछि अहिलेको अवस्थासम्म आइपुगेको र यो बीचमा समुन्द्र मन्थन भई संसदले पुनः गति लिएको बताउनुभयो । तर अझैपनि बहस नसकिएको सभामुख सापकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिले हामी एउटा महान बहसको प्रक्रियाबाट गुज्रिएर यहाँसम्म आईपुगेका छौं । पहिला पहिला भनिने गथ्र्यो समुद्र मन्थन, त्यस्तै गरी हामीले एउटा समुद्र मन्थन जस्तै गरी धेरै ठूलो बहस गऱ्यौं। त्यो बसहको बिचबाट फेरी नेपालीहरुले पहलकदमी लिए र सफलता पनि हासिल गर्दैछन् । तर सफलता र फेरी त्यसपछि यी समस्याहरु अगाडि जाँदै गर्छन तपाई अन्तिम संस्लेसनमा विचार गर्नुहुन्छ भने पुग्नुहुन्छ भने फेरी यसले गति नै लिएको छ । यसले सही निष्कर्ष तिर नै पुऱ्याउँछ । हाम्रो बहस जारी छ ।’

संसदमा जनअपेक्षा अनुसार काम नभएको स्वीकार पनि सभामुख सापकोटाले गर्नुभयो ।

उहाँले भन्नुभयो ‘अहिले अलिकति अपेक्षाकृत ढङ्गले संसदले सिङ्गो राष्ट्रको, जनताको अपेक्षा पुरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैनकी भन्ने खालको अथवा अलिकति सभामुखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझाव भित्र, बाहिर, यहाँ सबैतिरबाट तपाईहरुले उठाउनुभएको छ त्यसलाई म उच्च सम्मान गर्छु ।’  तरपनि राष्ट्रियताको सवालमा संसदले अद्भुत एकता प्रदर्शित गरेको र ठूला ठूला सामस्याहरुको समाधान गरेको पनि बताउनुभयो । 

संसद बहसको थलो भएकाले त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने पनि सभामुख सापकोटाले प्रष्ट पार्नुभएको छ । अहिले केही अन्योलता देखिएपनि निराश हुन पर्ने स्थिति नरहेको उहाँले बताउनुभयो । ७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि प्र्रश्न उठिरहेको उल्लेख गर्दै यसको रक्षाका लागि अझै एक सय वर्ष लडन तयार हुनुपर्ने पनि सभामुख सापकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामीले धेरै चिन्तित हुनुपर्ने, निरास हुनुपर्ने कुरा छैन । किनभने समस्याहरु आउँछन । निकै ठूलाठूला समस्या पनि आउँछन चुनौतिपनि आउँछन । यो बहस, बादविवाद संवाद हुँदै फेरी अन्तिम निष्कर्षमा ठिक हुन्छ । फरकै छैन । मुख्य कुरा बहस हो । बहस भयो कि भएन ? बहस भएको छ । एकदम बिहङ्गम बहस भएको छ । महान बहस भएको छ । भ्रमहरु फैलिएका छन भनेपनि हामी धेरै चिन्तित हुनुपर्दैन । भयानक भ्रमहरुबाट महान सत्यको जन्म हुन्छ । त्यसकारण हामीले ७० वर्ष संघर्ष गरेर ल्याएको लोकतन्त्र हामीले भनिरहेका छौं अहिले हामीलाई कता कता त्यो लोकतन्त्र विकास विस्तार र सुदृढ भएन भन्ने जस्तो लागिरहेको छ । हामी किन राष्ट्रको जीवनमा त्यति साँधुरो ढङ्गले सोच्छौं । ७० वर्ष होइन अर्को सय वर्ष पनि लडन पर्ने हुनसक्छ । अर्को सय वर्षपनि संघर्ष गर्नपर्ने हुनसक्छ । त्यसकारण हामीले राष्ट्रको जीवनलाई हाम्रो व्यक्तिको जीवनसित जोडेर समय सिद्धिन लाग्यो धेरै भयो भनेर हामीले नसोचौं । चिन्तित हुनुपर्नेकुरा छैन । जे हुँदैछ ठिकठिक हुँदैछ ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...