काठमाण्डौ, 27 मार्च 2021
आज चैत्र १४ गते, चिल्लाथ्व चतुर्दशी अर्थात विश्व नेवार दिवस। काठमाडौंको बसन्तपुरमा विशेष कार्यक्रम गरी चौथो विश्व नेवार दिवस मनाइएको छ। चौथो विश्व नेवार दिवस आयोजक समितिका अनुसार कोभिड महामारीका कारण गत वर्ष हुन नसकेको विश्व सम्मेलन पनि आजै आयोजना गरिएको छ। सम्मेलनमा विश्वभर छरिएर रहेका नेवारहरुको सहभागिता रहेको थियो। नेपाली भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरुको तस्विर प्रदर्शनी, नेवार खानाका स्टल, विभिन्न प्रख्यात कलाकार र संघसंस्थाबाट सांस्कृतिक कार्यक्रम पनि कार्यक्रममा प्रस्तुत गरिएको छ। सम्मेलनमा नेवार समाज र नेपाली भाषाको विकासका लागि विशेष योगदान दिने विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको छ। सम्मेलनमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लागायतको उपस्थिति रहेको थियो।









































