HomeFeatureसरकारमाथि प्रश्न उठाउनेलाई परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको जवाफ, सभामुखमाथिनै उठाए प्रश्न

सरकारमाथि प्रश्न उठाउनेलाई परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको जवाफ, सभामुखमाथिनै उठाए प्रश्न

काठमाण्डौ, 31 मार्च 2021

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिपक्षी लगायतका संसद पुनस्थपनाको पक्षमा लागेका दलहरुको अलमलका कारण संसद बैठक प्रभावकारी नभएको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री ज्ञवालीले सरकारको कारण संसद प्रभावकारी नभएको नभई प्रतिपक्षी दल लगायत संसद पुनस्थापनाको पक्षमा लागेका दलहरुको अलमलका कारण संसद बैठक प्रभावकारी नभएको बताउनुभएको हो । सरकार संसदलाई विजनेश दिन तयार रहेको उहाँको भनाई छ । संसदलाई सहि ढङ्गले अगाडी लैजानको निम्ति सभामुखको नेतृत्वदायी भूमिका हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘विधेयकहरु पहिलो बैठकमा प्रस्तुत गर्न नपाएपछि संविधान अनुसार पनि फेरी प्रस्तुत गर्न केही कठिनाइहरु परे । सरकार विजनेश दिन तयार छ । सरकारका कारणले संसद प्रभावकारी नभएको, संसद बैठक प्रभावकारी नभएको होइन । प्रतिपक्षी दल लगायत संसद पुनस्थापनाको पक्षमा लाग्नुभएकाहरु आफैँ अल्मल्लिनुभएको छ संसद प्रभावकारी नहुनका लागि । सदनलाई सहि ढङ्गले अगाडी लैजाने कुरामा नेतृत्वदायी भूमिका हुनप¥यो सभामुखको । सबै राजनीतिक दलहरुसँग समझदारी हुनुपऱ्यो । सरकारसँग समन्वय गर्नुपऱ्यो । भोलि सरकारले प्रस्तुत गरेका अध्यादेशहरु अरु विजनेशहरु अवरोध हुँदैन भन्ने ग्यारेन्टी के ?’

नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत जुटाएको दिन सरकारको समर्थन छाड्ने बताउनुभयो । विपक्षी दलले विकल्प दिएपनि आफुहरु सरकारमा बसिनरहने उहाँको भनाई छ । हतारमा समर्थन छोडेर राजनीतिक अस्थिरता तर्फ आफुहरुले लान नचाहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामी राजनीतिक स्थायित्व चाहान्छौँ । कि ओलीजीले बहुमत जुटाउनुस्, बहुमत जुटाएकै दिन हामी समर्थन छोडिदिन्छौँ । हामी अस्थिरता चाहादैनौँ स्थिर होस् । तपाई सरकारलाई बहुमत जुटाउनुस् । अरु विपक्षी दलले बहुमत जुटायो भने हामी त्यस दिन छोड्छौँ । हतारमा हामी छोडेर विकल्प पनि दिन नसक्ने भइराखेको सरकारले पनि काम गर्न नसक्ने राजनीतिक अस्थिरताको जिम्मा हामी लिन चाहँदैनौँ ।’

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले देशलाई अनिर्णयको अवस्थामा राख्ने अधिकार कसैसँग नभएको बताउनुभयो । अबको एक हप्ता भित्र सबै विषय टुङ्गिनुपर्ने उहाँको मत छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले आ–आफ्नो निर्णय तुरुन्तै गर्नुपर्ने पनि थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामीले पनि लामो समयसम्म संसद र देशलाई अलमलमा राख्नुहुन्न । माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने, नलिने तत्काल निर्णय गर्नुपर्छ । जसपाले पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भए गर्ने भनोस् । हामीलाई गर्ने भए गर्ने भनोस् । हामीले पनि माओवादी र जसपासँग निर्णायक वार्ता गरेर समर्थन लिन सक्छौ, हामीले समर्थन लिएर सरकार बनाउने भनौँ । अब सरकार चलाउने इच्छा छैन भने छैन भनेर भनौँ । हामी अहिले जसरी यो संसदलाई किंकर्तव्यविमुढ जस्तो अवस्थामा बनाएका छौँ यो देश प्रतिको घात हो । हामी सबै मिलेर गरिरहेका छौँ अहिले । अनिर्णयको अवस्थामा राख्ने अधिकार हामी कोहीसँग पनि छैन । अब अधिकतम एक हप्ता भित्रमा यो सबै कुरा हामीले टुंग्याउनुपर्छ ।’

जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले आफुहरुले उठाएका मुद्दाहरुको सम्बोधन गराउनु नै अहिले आफुहरुको कार्यभार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिले अवस्था भनेको हामी, जुन हामीले उठाउँदै आएका सवालहरु छन् । मुद्दाहरु छन् । त्यसलाई सम्बोधन कसरी गराउने ? यो अहिलेको कार्यभार, विगतको आन्दोलनको कार्यभार हाम्रो टाउकोमा छ । आन्दोलनकारीहरुलाई मुद्दा, मामिला लागिरहेको छ, जेलमा हालिराछ, त्यसलाई छुटाउने । सरकारलाई आग्रह गर्ने । दबाब बनाउने । त्यो जिम्मेवारीलाई बहन गर्न खोजेको । आफ्नो मुद्दालाई सम्बोधन गराउने हो ।’

नयाँ सरकार गठनका लागि नेकपा(माओवादी केन्द्र)ले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र प्रमुख प्रतिपक्षी दलको रुपमा सरकार विरुद्द अविश्वासको प्रस्ताव ल्याउन नेपाली कांग्रेस तयार नभएको अवस्था भएपनि नयाँ सरकार निर्माणमा आफुहरुलाई बाधकको रुपमा हेरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...