HomeFeatureशैक्षीक गूणस्तर सूधारमा कमी आउनुको कारण शिक्षक पेशाप्रति अरुची- शिक्षा मन्त्री

शैक्षीक गूणस्तर सूधारमा कमी आउनुको कारण शिक्षक पेशाप्रति अरुची- शिक्षा मन्त्री

काठमाण्डौ, 31 मार्च 2021
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षक पेशा प्रति मानिसहरुको अरुचिका कारण नेपालको शिक्षामा सुधार हुन नसकेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित सिकाई आदान–प्रदान तथा आगामी कार्यदिशा सम्बन्धी राष्ट्रिय परामर्शशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शिक्षक पेशाप्रतिको अरुचिका कारण सरकारी विद्यालयहरुको पढाई कमजोर भएको बताउनुभयो । उहाँले कुनैपनि व्यक्तिले आफ्नो पढाई सकिएपछि अन्त कतै रोजगारी नपाए मात्रै शिक्षक पेशा रोज्ने प्रवृतिका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको बताउनुभयो । उहाँले शिक्षक पेशामा आउनेहरु पनि अन्यत्र जागिर पाउने वित्तीकै जाने प्रवृतिले बालबालिकाको भविश्य माथि चिन्ता लिने शिक्षक पाउनै नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामीहरु राम्रो पढेर पास भएपछि राम्रो जागिर खोज्ने, कहिं कतै जागिर नपाइसकेपछि (क्षमा गरिदिनुहोला) अनि शिक्षण पेशामा आउने । शिक्षण पेशामा आएर पनि एउटा खुट्टा स्कुलमा र अर्को खुट्टाले जागिरको खोजिमा, जुन दिन जागिर प्राप्त हुन्छ फुत्तै छोडेर हिँडिदिने, त्यो स्कुलको बच्चाको भविश्यको बारेमा चिन्ता नलिइदिने, त्यो स्कुलको बच्चाहरु मुलुकका भविश्यका कर्णधार जसको भविश्यसँग मुलुकको भविश्य गासिँएको छ त्यस बारेमा हामी कति गम्भिर बन्छौं र चिन्तित बन्छौ।’

विकसित मुलुकका नागरिकको आकर्षण सरकारी विद्यालयमा हुने तर नेपालमा सरकारी विद्यालयमा आर्थिक रुपमा विपन्न, निम्न आयस्रोत भएका, असाहय, अनाथ, आर्थिक रुपमा विपन्न, दलत वर्गले मात्रै पढ्न आउने गरेको बताउनुभयो । सरकार बेरोजगार उत्पादन गर्ने शिक्षा नहोस भन्ने तर्फ सचेत रहेको पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...