HomeFeatureशिक्षकको गुणस्तर र शिक्षण विधिमा ध्यान दिनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

शिक्षकको गुणस्तर र शिक्षण विधिमा ध्यान दिनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

काठमाण्डौ,1 अप्रैल 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको गुणस्तरलाई माथि उकास्नुपर्ने बताउनुभएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनौटमा परेका विद्यालयहरुको विवरण प्रस्तुत गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको गुणस्तरमा ध्यान पुर्याउनुपर्ने बताउनुभएको हो । विद्यार्थीको ध्यानाकर्षण हुने, विद्यार्थीले बुझ्ने खालको शिक्षण विधि र शिक्षकको सम्प्रेषण कला हुनुपर्ने उहाँले बताउनुभयो। भौतिक संरचनाको विकासले मात्रै शैक्षिक गुणस्तर कायम नहुने भन्दै प्रधानमन्त्री ओलीले शिक्षकको गुणस्तर र शिक्षण विधिमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो राम्रो शिक्षा शिक्षकले प्रदान गर्न सकिरहेको छ कि छैन । शिक्षण विधिमा, सम्प्रेषण कला कस्तो छ शिक्षकमा ? विद्यार्थीको ध्यानाकर्षण गर्ने खालको, विद्यार्थीले बुझ्ने खालको, विद्यार्थी आकर्षित हुने खालको, विद्यार्थीको रुची जाग्ने खालको सम्प्रेषण कला, शिक्षण विधि, शिक्षण पद्धती त्यसमा ध्यान दिइरहेका छौँ । मलाई लाग्छ अझ धेरै ध्यान दिनु आवश्यक छ । त्यसको लागि हामीले पहिलो कुरा त शिक्षककै गुणस्तर माथि नउठाइकन विद्यार्थीको गुणस्तर माथि उठाउन सक्दैनौँ । शिक्षककै गुणस्तर माथि उठाउनुपर्छ । मुख्यकुरा शैक्षिक वातावरण विद्यालयहरुमा अनिवार्य रुपमा उपयुक्त खालको शैक्षिक वातावरण हुनुपर्दछ । उपयुक्त खालको शिक्षक क्वालिटी हुनुपर्दछ । शिक्षकको क्वालिटी समय समयमा टेष्ट गरिनुपर्छ । शिक्षक आफ्नो विद्यार्थीको लागि उत्तरदायी हुनुपर्छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत देशभरका ४ हजार २ सय ५० वटा विद्यालयहरुलाई कक्षाकोठा, शौचालय, शैक्षिक सामाग्री, सूचना प्रविधि, ल्याव तथा पुस्तकालय, नविन प्रविधि, विशेष विद्यालय र भौतिक पुर्वाधार तथा शैक्षिक विकास शिर्षकमा बजेट विनियोजन गरिएको पनि बताउनुभयो। विद्यालयको छनौट प्रक्रिया उपयुक्त विधिका साथ भएको र आगामी वर्षहरुमा पनि विद्यालयहरुमा यस प्रकारका कार्यक्रमहरु नीति, कार्यक्रम र बजेट मार्फत पार्दै जाने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो चार हजार २ सय ५० विद्यालयहरुमा थप सुधारका लागि स्तरोन्नतिका लागि कार्यक्रम सञ्चालन गर्दैछौँ । ५ अर्ब ६ करोड छुट्याएका छौँ । त्यसको छनौट प्रक्रिया उपयुक्त विधिका साथ गर्ने प्रयास भएको छ । विलकुल नयाँ अभ्यास हामीले शुरु गरेका छौँ र यसरी एकैचोटी यति धेरै विद्यालयहरुमा पहिले कहिल्यै पनि यस प्रकारको अभ्यास गरिएको थिएन । यो नयाँ अभ्यास गरिएको छ । यस अभ्यासलाई हामी जारी राख्छौँ । यो हाम्रो नियमित वार्षिक नीति, कार्यक्रम र बजेट भित्रको कुरा हो र यसलाई यसै ढङ्गले कार्यान्वयन गर्दै लगिनेछ ।

प्रधानमन्त्री ओलीले सरकारले विद्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार लगायतका शैक्षिक सामाग्री र उपकरणहरु विद्यालयहरुमा पुर्याउन लागेको बताउनुभयो । स्वास्थ्य सम्बन्धी प्रवन्ध सहितको विद्यालय हुनुपर्नेमा पनि प्रधानमन्त्री ओलीले जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...