HomeFeatureसरकारको दृढ इच्छाशक्तिले मेलम्चीको पानी काठमाडौं पुग्यो: राष्ट्रपति विद्यादेवी भण्डारी

सरकारको दृढ इच्छाशक्तिले मेलम्चीको पानी काठमाडौं पुग्यो: राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाण्डौ, 2 अप्रील 2021

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको दृढ इच्छाशक्ति र तत्परताका कारण मेलम्चीको पानी काठमाडौंमा आइपुगेको बताउनुभएको छ। शुक्रबार मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण कार्यको समुद्घाटन गर्दै राष्ट्रपति भण्डारीले केपी शर्मा ओली नेतृत्वको सरकारको दृढ इच्छा शक्ति र तत्परताको कारण मेलम्ची खानेपानी आयोजना सम्पन्न भएको बताउनुभएको हो। नयाँ वर्ष २०७८ सालको पूर्वसन्ध्यामा मेलम्ची खानेपानी आयोजना काठमाडौंबासीलाई उपहार हुन पुगेको पनि बताउनुभयो । राष्ट्रपति भण्डारीले मेलम्चीको खानेपानी काठमाडौं ल्याउन परिकल्पना गर्ने पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पनि स्मरण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मेलम्ची खानेपानी आयोजनामा हासिल गरेका सिकाइबाट शिक्षा लिदैँ आगामी दिनमा ठुला पूर्वाधारहरुको तर्जुमा गर्न सबै पक्ष सचेत बन्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा खानेपानीको क्षमतालाई बढाउन याङ्ग्री र लार्केको पानी २०८१ सालसम्ममा ल्याउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पुनस्थापित संसदले काम गर्न नसकेको र संसदलाई तानातानको थलो बनाइएको टिप्पणी समेत गर्नुभयो । संसदलाई दलका व्यक्तिहरुको स्वार्थमा तानातानको थलो बनाउनु नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...