HomeFeatureनेपालमा पनि कोभिडको त्रास, जेठ र असारमा संक्रमण दर उच्च विन्दुमा पुग्ने...

नेपालमा पनि कोभिडको त्रास, जेठ र असारमा संक्रमण दर उच्च विन्दुमा पुग्ने सरकारको ठहर

काठमाण्डौ, 5 अप्रिल 2021
सरकारले आगामी जेठ र असारमा कोभिड संक्रमणको दर उच्च विन्दुमा पुग्न सक्ने भन्दै स्वास्थ्य मापदण्डलाई पालना गर्न सबैलाई आग्रह गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको तर्फबाट कोभिड नियन्त्रणका लागि भएका पहलकदमीबारे जानकारी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्न आग्रह गर्नुभएको हो । पछिल्लो समय कोभिड संक्रमितहरु बढ्दै गएको र छिमेकी भारतमा पनि बढ्दो दरमा रहेकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना नगरे जेठ असारमा पुन उच्च दरमा पुग्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो कात्तिक पछाडिका दिनहरुमा संक्रमण क्रमशः घट्दै गएर माघको पहिलो साता देखि निकै कम भईसकेकोमा पुन संक्रमण बढ्दै गईरहेको छ । अबका दिनमा स्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेष्ठ असारमा अर्को उच्च विन्दुमा पुग्न सक्ने देखिन्छ । छिमेकी देश भारतमा फागुन १७ गते संक्रमितहरुको संख्या ११ हजार ५ सय ६३ बाट एक्कासी बढेर चैत्र २२ गते ९२ हजार ९ सय पुगेको स्थितिले हामीलाई थप सर्तक र सचेत बनाएको छ । कोभिड नियन्त्रणका लागि आवागमनलाई थप व्यवस्थित गर्दै रोगको शिघ्र पहिचान,आइसोलेसन र शंकास्पद व्यक्तिलाई अनिवार्य क्वारेन्टीन र जनस्वास्थ्यका मापदण्डको पुर्ण पालना गर्न सकेमा महामारीलाई नियन्त्रणमा राख्नुको साथै समयका हिसाबले पर धकेल्न सकिने भएकोले यसतर्फ सबैको ध्यान जरुरी छ ।
उहाँले महामारी नियन्त्रणका लागि सरकारले समयमै आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गरेको स्पष्ट पार्नुभयो । उहाँले गत पुस २० गते नै कोभिड १९ खोप प्राप्ति र कार्यान्वयनका लागि सरकारले सबै आवश्यक निर्णयहरु भएको बताउनुभयो । खोपको आपतकालिन प्रयोगको अनुमति प्राप्त गरी आवश्यक कानुनी व्यवस्था गर्न औषधी तेश्रो संशोधन अध्यादेश २०७७ जारी गरिएको उहाँले स्पष्ट पार्नुभयो । तर अध्यादेश संसदको पहिलो बैठकमा पेश हुन नसकेको तर्फ उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
मन्त्री त्रिपाठीले दिनुभएको जानकारी अनुसार, चैत्र २२ गते सम्म २२ लाख ८५ हजार भन्दा बढीको नमुना परीक्षण गरिएको छ । २ लाख ७७ हजार बढी संक्रमितको पहिचान र उपचार गरिएको छ । पहिचान भएका संक्रमित मध्ये ९८ प्रतिशत निको भईसकेका छन् । ३ हजार ३२ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । नेपालमा कोभिडका कारण मृत्यु हुनेको दर १ दशमलब १ प्रतिशत मात्रै रहेको छ । कात्तिकमा संक्रमणको दर उच्च रहेको थियो । सोमबार ३ बजे सम्म ४ हजार ५ सय ३६ जनाको नमुना परीक्षणमा २ सय ६७ जनामा कोभिड पोजेटिभ देखिएको जानकारी पनि उहाँले दिनुभयो । उहाँले पछिल्लो परिणामले विस्तारै पोजेटिभ केसहरु बढ्दै गएको संकेत गरेको बताउनुभयो ।
सरकारले महामारी रोकथामका लागि बैज्ञानिक यथार्थपरक नीतिहरु तर्जुमा गरि बहुक्षेत्रिय सहयोग र समन्वयन गर्दे आएको पनि उहाँले स्पष्ट पार्नुभयो । नेपाल सरकारको नेतृत्वमा प्रदेश सरकार र सबै स्थानीय सरकारहरुको समन्वय, सहयोग तथा सहकार्यका कारण कोभिड का कारण मृत्यु हुने तथा संक्रमण हुनेको दरलाई कम गर्न सकिएको बताउनुभयो । उहाँले  कोभिड १९ सताब्दीकै प्रमुख चुनौतिको रुपमा रहेको र त्यसले मानवस्वास्थ्यको संगै अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको उल्लेख गर्नुभयो ।
उहाँले मुलुकभरका प्रयोगशालाको स्थिति, कोभिड उपचारका लागि भएका व्यवस्था, क्वारेन्टीन लगायत बारे पनि विस्तृत जानकारी गराउनुभएको थियो । उहाँले कठिन समयमा पनि सरकारले औषधी औजार अभाव हुन नदिएको भन्दै त्यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभयो ।  दोश्रो डोज भण्डारणमा छ असार भित्र ६० लाखलाई खोप लगाउने तयारी ५ अरब बढी खर्च उहाँले असार भित्र ६० लाख मानिसहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन प्रयासरत रहेको बताउनुभयो । उहाँले पहिलो खोप लगाएकाहरुको दोश्रो डोज सुरक्षित रहेकाले प्रचारका पछाडि नलागि विश्वस्त हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो चैत्र २२ गते सम्मको तथ्यांक हेर्दा जम्मा १८ लाख हजार सय ८१ जनाले कोभिड १९ विरुद्धको प्राप्त गरिसकेका छन् पहिलो चरणमा पहिलो मात्रा प्राप्त गरिसकेका व्यक्तिहरुलाई २०७८ बैशाख गते देखि ११ गते सम्म दोश्रो मात्रा प्राप्त गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा लगाएकाहरुको खोप सुरक्षित छ । त्यो लगाईएको छैन । भण्डारणमा छ । अन्यथा प्रचार प्रशारमा पर्नु जरुरी छैन ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत अहिलेसम्म  ५ अरब १७ करोड ७२ लाख ८३ हजार खर्च भएको पनि उहाँले जानकारी दिनुभयो । पिसिआर,किट,गाउन औषधी उपकरण व्यवस्थापन, खोप खरिद, अभियान, स्वास्थ्यकर्मी को जोखिम भत्ता लगायत सम्पुर्ण विषय अन्तरगत खर्च यसमा समेटिएको छ । मन्त्री त्रिपाठीले दिएको जानकारी अनुसार २ अरब ५४ करोड ५८ लाख रुपैया भने भुक्तानी हुन बाँकी छ । कोभिड नियन्त्रणका लागि भएका सम्पुर्ण खर्चबारे श्वेत पत्र जारी गर्न आफु र मन्त्रालय तयार रहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...