HomeFeatureएमालेको अन्तिम प्रधानमन्त्री केपी ओली- देवेन्द्रराज कँडेल

एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली- देवेन्द्रराज कँडेल

काठमाण्डौ, 5 अप्रिल 2021
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिनुपर्ने धारणा राख्नुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमाबोल्दै सांसद कँडेलले संविधानको धारा ७६ को १ अनुसार बनेको सरकारले पार्टी विभाजन पछि संविधान अनुसार नै ३० दिन भित्र विश्वासको मत लिनुपर्ने तर्क गर्नुभएको हो। संविधानको धारा १ सयको २ मा पार्टी विभाजन भएको वा  सरकारमा संलग्न भएको दलले विश्वासको मत फिर्ता लिएको अवस्थामा ३० दिन भित्र प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको उल्लेख गर्दे “समर्थन फिर्ता लिनु ”भन्न नमिल्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो संविधानको धारा सय को उपधारा मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिन भित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्छ । आजै ३० दिन हुदैछ । म प्रश्न गर्न चाहन्छु । दल विभाजित भयो । एमालेले हिजो समर्थन लिएको होइन । विश्वासको मत लिएको होइन । यो अवस्थामा हामी एमालेलाई चिन्दैनौ । त्यसकारण विश्वासको मत लिने कि नलिने ? उहाँ पन्छिन पाउनुहुन्न । विश्वासको मत फिर्ता लिए हुन्छ भनेर भन्न पाइन्न ।

प्रधानमन्त्री ओलीले कुर्सी मोहका कारण आफु संगैका सहकर्मीलाई पाखा लगाएको र पार्टी एकिकरणलाई असफल पारेको दाबी उहाँले गर्नुभयो । २०७४ सालको प्रदेश र संघको निर्वाचनका क्रममा तात्किान एमाले अध्यक्ष केपी शर्मा ओलीले गोर्खाको पालुङटारमा सम्बोधन गर्ने क्रममा आफ्ना सभापतिलाई कांग्रेसको तर्फबाट अन्तिम प्रधानमन्त्री भनेको प्रसंग उल्लेख गर्दे उहाँले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरुबाट एमालेको अन्तिम प्रधानमन्त्री पनि केपी ओली नै हुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो २०७४ सालको प्रदेश र संघको निर्वाचनका क्रममा तात्किान एमाले अध्यक्ष केपी शर्मा ओलीले  गोर्खाको पालुङटारमा आमसभालाई सम्बोधन गर्न जानुभयो । उहाँले व्यक्त गरेका अभिव्यक्तिहरु उहाँकै शब्दमा म भन्न चाहन्छु – म भन्दिन चाहन्छु नेपालको इतिहासमा नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री शेर बहादुर देउवा हो । मिति तोकिदिन पर्छ भने तोकिदिन्छु । २०७४ साल पुस महिना सम्म नेपाली कांग्रेसको प्रधानमन्त्री रहन्छ । र नेपाली कांग्रेसको यस देशमा प्रधानमन्त्री शेर बहादुर देउवा अन्तिम हुन्छन् । नेपाली कांग्रेसका कार्यकर्ता साथीहरुप्रति समवेदना व्यक्त गर्न चाहन्छु भनेर उहाँको अभिव्यक्ति थियो । जसरी उहाँले गोर्खामा भन्नुभयो, त्यहि शब्दमा भन्ने हो भने यदि स्थिति यही रह्यो भने सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै रहनेछन् । त्यसपछि अघि बढ्न सक्तैन ।

प्रधानमन्त्री ओली समुहका सांसद गोकुल बास्कोटा बोलेलगत्तै बोलेका सांसद कँडेलले बास्कोटालाई व्यंग्य गर्दे भन्नुभयो “जस्ता गुरु त्यस्ता चेला म त्येतातिर जान चाहन्नँ । ”

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...