HomeFeatureनेपाल बाल सङ्गठनका पदाधिकारीको सदाचारितामा महिला समितीको प्रश्न

नेपाल बाल सङ्गठनका पदाधिकारीको सदाचारितामा महिला समितीको प्रश्न

काठमाण्डौ,7 अप्रैल 2021

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बाल सङ्गठनको देशभरी रहेका पदाधिकारीहरुको सदाचारितामा प्रश्न उठाएको छ। संघीय संसद प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बालसङ्गठनको नक्सालको बालमन्दिर र सिफलमा रहेको संरक्षण गृहको स्थलगत भ्रमणपछि सङ्गठनको पदाधिकारीको सदाचारितामा खोट देखाएको हो। समिति सभापति निरुदेवी पालको नेतृत्वमा भएको स्थलगत भ्रमणमा बाल सङ्गठनको केन्द्रदेखि जिल्ला स्तरसम्म रहेका संरचनामा अव्यवस्था, जमिन घर भाडामा दिंदा अपारदर्शी सम्झौता गरेको, संगठन आफैसँग चल-अचल सम्पत्ति पर्याप्त भएर पनि निर्वाहमुखी भएको पाइएको छ। बुधबार महिला समितिको बैठकमा स्थलगत भ्रमणको प्रतिवेदन पारित गर्दै समिति सभापति पालले प्रतिवेदनलाई केन्द्रीय बालकल्याण समिति र महिला बालबालिका मन्त्रालय पठाउने बताउनुभयो ।

समितिले पास गरेको प्रतिवेदनमा मुख्य गरि बालसङ्गठनको चल-अचल सम्पत्तिको तथ्याङ्क राख्ने, दुराशयपुर्ण सम्झौताहरुलाई पुर्नमुल्याङ्कन गर्नुपर्ने, बालगृहमा रहेका बालबालिकालाई धर्मपुत्र, धर्मपुत्रीको रुपमा दिने सम्बन्धी सम्पुर्ण प्रक्रिया पारदर्शी बनाउनुपर्ने सुझाव दिएको छ । यस्तै प्रतिवेदनमा बालगृहका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको व्यवस्थित प्रबन्ध मिलाउने र घरपरिवार भेटिएका बालबालिकाको पुनर्मिलन गराउनुपर्ने सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...