नयाँ दिल्ली, 8 मार्च 2021
जीवनमा कुनै सफलता पाउनका लागि कसैबाट प्रेरणा लिनु स्वभाविक हो तर काठमाण्डौमा कक्षा 12 मा अध्ययन गर्दै गरेकी एक किशोरीलाई मिस इण्डिया 2020 की रनरअप मान्या सिंहबाट प्रेरणा लिनु महंगो परेको छ । जसरी मान्या सिंह एक अटो चालककी छोरी भएर मिस इण्डियाको रनरअप बन्न सकिन भने आफु पनि केही बन्न सक्ने भन्दै परिवारलाई थाहै नदिई अध्ययनका लागि घरबाट निस्केकी थिइन ।
सफलता चलचित्रमा देखाइएको जस्तो हुँदैन भन्ने 19 वर्षकी नेपाली किशोरीले तब मात्र थाहा पाइन जब काठमाण्डौंमा भाँडा माझेर कमाएको अलिअलि पैसा लिएर जीवनमा केही बन्छु भन्दै भारतको राजधानी दिल्ली पुगिन । संसार जित्न हिँडेकी किशोरीले जब दिल्लीको भीडभाडमा एक्लै हिँडेकी नारीलाई अस्मिता बचाउन कति गार्हो हुँदो रहेछ भनेर थाहा पाइन अनि सहयोगको गुहार लगाएपछि बच्न सकेकी छिन ।
हेर्नुहोस यो रिपोर्ट









































