HomeFeatureप्रवासी नेपालीको मुद्धा प्रधानमन्त्रीसम्म,प्रवासी नेपाली संघ भारतले बुझायो ज्ञापन-पत्र

प्रवासी नेपालीको मुद्धा प्रधानमन्त्रीसम्म,प्रवासी नेपाली संघ भारतले बुझायो ज्ञापन-पत्र

काठमाण्डौ, 12 अप्रैल 2021

प्रवासी नेपाली संघ भारतले भारतमा रहने नेपालीहरुका आम समस्यामा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको जनाएको छ । प्रवासी नेपाली संघ भारतले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गरि प्रवासी नेपाली संघ भारतको उच्च स्तरीय केन्द्रीय प्रतिनिधि मण्डलले गए मंगलबार प्रधानमंत्री केपी शर्मा ओलीलाई बालुवाटरमा भेटगरी भारत प्रवासमा रहेका नेपालीहरुका समस्याका सम्बन्धमा ज्ञापनपत्र पेस गरेको जनाएको छ ।प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष लोकनाथ भण्डारीको नेतृत्वमा संघका प्रमुख सल्लाहकार हरि प्रसाद घिमिरे, संघका केन्द्रीय उपाध्यक्ष सीता अधिकारी, संघका केन्द्रीय सचिव रामायण धमला र नेकपा एमालेका केन्द्रीय सदस्य तथा दक्षिण एशिया इन्चार्ज दिल बिस्वकर्मा समेत उपस्थित रहेको 5 सदस्यीय प्रतिनिधि मण्डलले नेपाल-भारत बिचका सीमा नाकाहरुबाट नेपाली महिलाहरु, बालबालिकाहरु भारत लगाएत तेस्रो मुलुक पुर्याउँदै गरिने हत्या, हिंसा, बलात्कार जस्ता निन्दनीय र गैर मानविय कार्य, सीमा नाकाहरुमा आवत-जावत गर्दा दुबै देशका पुलिस प्रशासनदेखि असमाजिक तत्वहरु द्वारा गरिने नेपालीहरुमाथिको ठगी, लूटपाट र अभद्र व्यवहारहरुलाई रोक्न सरकारको ध्यानाकर्षण गराँउदै आवश्यक कदम चाल्न माग गरेको छ।ज्ञापनमा प्रवासी नेपालीहरुले विदेशबाटै निर्वाचनमा मतदान गर्न पाउनुपर्ने, प्रवासी नेपालीहरुले आर्जेको पूंजी, प्रविधि, सिप र ज्ञानलाई प्राथमिकता र सुविधा सहित राष्ट्र निर्माण र बिकासमा जोडन, राज्यद्वारा प्रवासी नेपालीहरुलाई राष्ट्रसेवा प्रत्यक्ष सहभागिता बनाउन अवसर प्रदान गरियोस भन्ने सरकार समक्ष माग प्रस्तुत गरेको छ। नेपाल सरकारले आफ्नो नक्सामा प्रकाशित गरेको भारत द्वारा अतिक्रमित गरिएको कालापानी, लिपुलेख र लिम्पियाधुराको नेपाली भूमिलाई नेपाल सरकार द्वारा दुई देशबीच कुटनैतिक बार्ता गर्दै उक्त भूमि फिर्ता गरियोस भन्ने मागहरु सहित अन्य बिबिध मागहरुलाई लिएर नेकपा एमाले र नेपाल सरकारको ध्यानाकर्षण बनाएको छ।प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, उर्जामन्त्री टोप बहादुर रायमाझीहरुलाई भेटगरी प्रवासी नेपालीहरुका समस्यामा आधारित मागपत्र पेसगरि समसामायिक राजनैतिक एवं सांगठानिक विषयमा भेटवार्ता गरेको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...