HomeFeatureबीमा समितिका अध्यक्ष सिलवालद्वारा बीमा कम्पनीहरुलाई भुक्तानी सेवालाई सुधार्न निर्देशन

बीमा समितिका अध्यक्ष सिलवालद्वारा बीमा कम्पनीहरुलाई भुक्तानी सेवालाई सुधार्न निर्देशन

काठमाण्डौ, 13 अप्रिल 2021
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले दाबी भुक्तानी सेवालाई सरल र सहज बनाउन आवश्यक रहेको बताउनुभएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले ल्याएको ‘सगरमाथा आरोग्य पोलिसि’ सार्वजनिक गर्न मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले नेपालका बीमा कम्पनीहरुले बीमितलाई भुक्तानी दिने विषय समस्याको रुपमा रहेको बताउनुभयो । बीमा कम्पनीहरुले मिलेमतोमा मात्रै भुक्तानी दिने गरेको उल्लेख गर्दै त्यसलाई सुधार्न निर्देशन समेत दिनुभयो । मिलेमतो हुने बीमितले समय भन्दा अगाडि नै भुक्तानी पाउने तर मिलेमतो नभए भुक्तानी पाउनै नसक्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । यस्तै रेट कटिङ्ग र उधारो बीमा पनि बीमा कम्पनीहरुमा देखा परेको अर्को ठूलो समस्या रहेको उहाँले बताउनुभयो ।

रेट कटिङ, उधारो बीमा र भुक्तानीमा मिलेमतो लगायतका समस्यालाई सुधार नगर्दा सम्म बीमा क्षेत्रको विकास सम्भव नभएको पनि अध्यक्ष सिलवालले बताउनुभयो । जति सुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने पनि बताउनुभयो ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले ल्याएको योजनामा ७ देखि १० लाख रुपैयाँ सम्मको व्यक्तिगत दुर्घटना जोखिम, एक देखि ५ लाख रुपैयाँ सम्मको स्वास्थ्य उपचार जोखिम र एक देखि १० लाख रुपैयाँ सम्मको गम्भिर प्रकृतिका जोखिम एकैपटकमा बहन हुनेछ । यदि कुनै बीमितले ७ लाख रुपैयाँको दुर्घटन बीमा, एक लाख रुपैयाँको स्वास्थ्य उपचार बीमा र एक लाख रुपैयाँ सम्मको गम्भिर प्रकृतिका जोखिमको बीमा गर्न एक वर्षमा १ हजार ६ सय रुपैयाँ बीमा शुल्क भुक्तानी गरे पुग्ने इन्स्योरेन्सले जनाएको छ ।

इन्स्योरेन्सले बीमा दाबी भुक्तानीको प्रक्रियालाई पनि सहजिकरण गरेको बताएको छ । कुनैपनि बीमितले आफू अस्पतालबाट डिस्चार्ज भएको वा रोग पत्ता लागेको ७ दिन भित्रमा लिखित वा मौखिक जानकारी दिनुपर्नेछ । इन्स्योरेन्सले अस्पतालको बिल भरपाई, रिपोर्ट र डाक्टरको प्रेस्क्रिप्सन सहितका कागजपत्र लगायतका सबै कागजात बुझाई दाबी गरेको एक हप्ताभित्र रकम भुक्तानी गरिसक्ने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...