HomeFeatureभौतिक रुपमा विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गर्न शिक्षा मन्त्रीको निर्देशन

भौतिक रुपमा विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गर्न शिक्षा मन्त्रीको निर्देशन

ललितपुर, 19 अप्रिल 2021
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले 25 वर्ष मुनिका उमेर समुहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द गर्नुपरेको बताउनुएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ मन्त्री श्रेष्ठले 25 वर्ष भन्दा मुनिका उमेर समुहमा कोरोना भाइरस संक्रमणको दर बढेकाले पठन पाठनलाई अनलाइन माध्यमबाट गर्नेगरी बैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो २५ वर्षभन्दा तलका उमेरका विद्यार्थी भाईबहिनीहरुमा यसको प्रभाव अलि बेसी देखिएको हुनाले यो सन्दर्भमा लामो आवश्यक अनुसन्धान र छलफल पछि यो कोभिडको कारणले सबैभन्दा बढी प्रभावित बालबालिकामै पर्ने हुनाले आजको मन्त्रीपरिषद्ले वैशाख मसान्तसम्म स्कुलको पठनपाठनलाई नियमित गर्ने, भौतिक रुपमा विद्यालयमा विद्यार्थी भाईबहिनीहरुलाई उपस्थित हुन अनिवार्य नगर्ने र भर्चुअल माध्यम र इलेक्ट्रोनिक माध्यमबाट पठनपाठनलाई निरन्तरता गर्ने । बैशाख मसान्त सम्मको स्थितिलाई हेर्दै जाने ।

मन्त्री श्रेष्ठले कोरोना भाइरसको संक्रमण दर उच्च रहेको जिल्लामा स्थानीय तहको सिफारिसको आधारमा विद्यार्थीहरुलाई विद्यालयमा भौतिक रुपमा आउन अनिवार्य नगरेपनि वैकल्पिक माध्यमबाट पठनपाठन गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘स्वास्थ्य मन्त्रालयले तोकिएका जिल्लाहरु र घोषित शहरहरु जुन क्षेत्रमा कोभिडको प्रभाव व्यापक छ ति शहरहरु र जिल्लाहरुमा डिसीसीएमसीको तर्फबाट गरिएको सिफारिसको आधारमा ति शहर र जिल्लामा बैशाख मसान्तसम्म भौतिक रुपमा विद्यार्थीहरुलाई स्कुलमा आउन अनिवार्य नगर्ने । वैकल्पिक व्यवस्थाबाट पठनपाठन गर्नेगरी वैशाख मसान्त सम्मका लागि स्थगित गरिएको छ ।’

मन्त्री श्रेष्ठले कुनैपनि तहको परिक्षा नरोकिने पनि स्पष्ट पार्नुभयो । असारदेखि नयाँ शैक्षिक सत्र शुरु हुनेपनि उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...