काठमाण्डौं, 20 अप्रैल 2021
आजदेखि कोभिड–१९ विरुद्धको दोस्रो मात्राको खोप लगाउन शुरु गरिएको छ ।कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो चरणको खोप लगाउन थालिएको हो । दोस्रो मात्राको खोप देशभरबाट लगाउन शुरु गरिएको छ भने काठमाडौंमा १९ वटा खोप केन्द्रबाट खोप लगाइएको छ। दोस्रो मात्रा खोप बैशाख ११ गते सम्म लगाइनेछ । दोस्रो मात्रा खोप लगाएपछि मानिसहरुले खुशी व्यक्त गरेका छन् । कोरोना विरुद्धको खोपले पूर्ण रुपमा काम गर्ने र कोरोनालाई पराजित गर्ने विश्वास उनीहरुको छ ।माघ १४ गतेदेखि फागुन १० गतेसम्म कोभिड १९ विरुद्धको पहिलो मात्रा खोप लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तिय संस्थानका कर्मचारीहरुलाई दोस्रो मात्रा खोप लगाउन शुरु गरीएको हो ।









































