HomeFeatureआज विश्व पृथ्वी दिवस, विश्वभर भव्य रुपमा मनाइदै

आज विश्व पृथ्वी दिवस, विश्वभर भव्य रुपमा मनाइदै

नयाँ दिल्ली, 22 अप्रिल 2021
संयुक्त राष्ट्र संघको ६३ औं महासभाले अप्रिल २२ का दिन पृथ्वी दिवस मनाउने निर्णय गरेको थियो । पृथ्वी माथि मानिसहरुले अव्यवस्थित दोहन गर्दा प्राकृतिक विपत्ति बढ्दै गएको छ । प्रकृति र पर्यावरण माथिको खेलवाडले जलवायु परिवर्तनको चपेटामा पृथ्वी पर्न थालेको छ । औद्योगिक विकासको अस्वस्थ होडवाजीले जल, जंगल, जमिन र जीवजन्तुलाई नकारात्मक असर पर्दै गएको छ । पृथ्वी दिवस मनाउने प्रयास संयुक्त राज्य अमेरिकाले सन १९७० को अप्रिल २२ मा गरेको थियो । पृथ्वी दिवस अहिले १९० भन्दा बढी देशले मनाउने गरेका छन् । यो दिवस मनाउनेमा विश्वमा औद्योगिक प्रदुशण फैलाउने अमेरिका, चीन, बेलायत, प्रान्स, जापान जस्ता देश देखि जंगल बचाएर कार्वन बेच्ने, नेपाल, भूटान जस्ता देशहरु छन् । सन १९९२ मा ब्राजिलको रियो दि जेनेरियो शहरमा भएको पृथ्वी सम्मmेलनले पृथ्वी दिवस मनाउने आवश्यकता औल्याएको थियो । फलस्वरुप २००९ मा राष्ट्र संघको ६३ औं महासभाले दिवस मनाउने निर्णय गर्यो । पृथ्वी दिवस २०२१ लाई विश्वले ‘पृथ्वीलाई पुनस्थापित गरौं’ भनेर मनाइरहेको छ । अहिले जमिन मरुभूमिकरण बन्दै गएको, समुद्रको सतह बढुदै गएको, हिमालको हिउँ पग्लीरहेको, आगलागि, वन विनास जस्ता घटनाले पृथ्वी संकटमा छ । नेपाल विश्व सँगै जलवायु परिवर्तन र बढ्दो प्रदुशणको चपेटामा पर्दै गएको छ । यो वर्ष उच्च पहाड र हिमालहरुमा पर्याप्त हिउँ परेन भने झण्डै एक हप्ता देशैभरि प्रदुषण फैलिएर जनजीवनमा असर पुर्यायो । हिमालमा हिउँ परेन भने इन्डोनेशियाको जाकर्ता र माल्दिभ्स क्रमशः डुब्दै छ । पृथ्वी बचाउन जलवायु परिवर्तनको असर कम गर्न मानिसले व्यवहार परिवर्तन गर्न आवश्यक देखिन्छ । यसको सुरुवात जंगल क्षेत्र बढाउने र दिगो विकासका लागि वैकल्पिक उपाय लिने थालनि गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...