नयाँ दिल्ली, 6 मे 2021
भारतको हरियाणा राज्यको गुरुग्राममा कोरोनाका कारण निधन भएका एक नेपालीको आफन्तहरुको बारेमा थाहा नहुदाँ 8 दिन शव अस्पतालमा रहेको छ । कृष्ण बहादुर गुरुङ नामक युवकको कोरोना संक्रमणका कारण अस्पतालमै निधन भएको हो । उनको शव गुरुग्रामको सिभिल अस्पतालमा राखिएको छ । पुलिसले मृतक कृष्ण बहादुर गुरुङको साथबाट भेटिएको नगरिकताका आधारमा उनको पहिचान खुलाएको छ । उनको नागरिकताका अनुसार डिलबहादुर गुरुङका छोरा कृष्ण बहादुर गुरुङ 43 वर्षका थिए ।
तम्घास- ५ गुल्मी जन्मस्थान भएका कृष्ण बहादुर गुरुङको स्थायी घर चनइ – ८, कपिलबस्तु भएको नागरिकतामा उल्लेख गरिएको छ ।
पुलिसका अनुसार बिसन्चो भएपछि एक्लै आएर अस्पतालमा भर्ना भएका कृष्ण बहादुर गुरुङले अस्पतालमै अन्तिम श्वास लिएका हुन ।
8 दिनसम्म पनि शव बुझ्न कोही नआएका कारण हरियाणा पुलिसले शव नेपालीको भएको थाहा पाएपछि किन इण्डियालाई खबर गरि मृतकका आफन्तलाई खोजी गरिदिन आग्रह गरेको छ । कोरोना संक्रमित भएर कृष्णको निधन भएकाले पुलिसले पहिचानका लागि मृतकको फोटो पनि जारी गर्न नसकेको किन इण्डियाले जनाएको छ ।
मृतकको नागरिकताको फोटोकपी


पुलिसले दिएको विवरण अनुसार तपाईले कृष्ण बहादुर गुरुङको परिवारलाई चिन्नु भएको छ भने दिल्लीस्थित नेपाली राजदूतावासको मोबाइल फोन नम्बर +918929601925 वा किन इण्डियाको मोबाइल नम्बर +91 99584 13944 मा फोन गरि जानकारी दिन आग्रह गर्दछौ । आफन्त नभेटिएको अवस्थामा पुलिसले शवलाई बेवारिसे शवको रुपमा व्यवस्थापन गर्ने गर्दछ ।









































