HomeFeatureगाजियाबादमा अर्घाखाँचीका एक नेपालीको आत्महत्या गरेको अवस्थामा शव फेला, हत्या भएको आशंका

गाजियाबादमा अर्घाखाँचीका एक नेपालीको आत्महत्या गरेको अवस्थामा शव फेला, हत्या भएको आशंका

नयाँ दिल्ली, 9 मई 2021

भारतको राजधानी दिल्ली नजिक उत्तर प्रदेशको गाजियाबादमा एक नेपालीको आत्महत्या गरेको अवस्थामा शव भेटिएको छ । शनिवार राति अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर 11 का निम बहादुर थापाका 22 वर्षीय छोरा पुरन थापाको शव गाजियाबादको घुगना मोडस्थित कोठामा झुण्डिएको अवस्थामा फेला परेको हो । घटनाको जानकारी पाएपछि नेपाली जन सम्पर्क समिति उत्तर भारतका उपाध्यक्ष राजु कुँवर लगायतको टिम घटनास्थलमा पुगेको नेजस उत्तर भारतकी अध्यक्ष सुनिता जीसी कुँवरले बताउनु भएको छ । उहाँले मृतक पुरनको टाउकोमा चोट लागेर रगत निस्किएको जस्तो देखिएकोले हत्या भएको हुन सक्ने आशंका गर्नु भएको छ । हुनत पुलिसले कोठाका ढोकाहरु तोडेर शव निकाले पनि टाउकोको चोटका कारण हत्या भएको हुन सक्ने आशंका गर्नुभयो ।

उहाँले घटनाको जानकारीपछि मृतक पुरन थापाका छिमेकी रहेका भारतीय नागरिक रनबीर मौर्यासँग कुरा भएको र उनले बताए अनुसार पुरन थापा घुगना मोडमा एक मदिरा पसलमा काम गर्दै आएका थिए । उनि लकडाउनका कारण घरमै बसिरहेका थिए । हिजो विहान मात्रै पनि रनविर मौर्या मृतक पुरन थापासँगै बसेर चिया पिएर कामका लागि निस्किएका थिए । कुराकानीका क्रममा उनले आफुले एक महिना अगाडी मात्रै श्रीमति र छोराछोरीलाई नेपाल पुऱ्याएर आएको र अब आफु पनि नेपाल जाने तयारीमा रहेको बताएको तर साँझ घर फर्किदासम्म कोठा भित्रबाट बन्द भएको भेटेपछि पुलिसलाई बोलाएर ढोका तोड्न लगाएको र कोठाभित्र पुरनको शव झुण्डिएको अवस्थामा फेला परेको बताएका छन । घटनापछि उनि पनि निकै दुखी भएका छन ।

अर्कोतर्फ घटनास्थल पुगेका नेजस उत्तर भारतका उपाध्यक्ष राजु कुँवरले घर जाने तयारी गरिरहेका पुरन थापाको शव झुण्डिएको अवस्थामा भेटिएपछि आशंका उतपन्न भएको बताउनु भयो । पुरनको टाउकोमा चोटको निशान देखिएको र सोही ठाँउमा 4 वर्ष यता 3 जनाको शव शंकास्पद रुपमा भेटिएकाले आफुहरुले छानविनको माग गरेको बताउनु भयो । आफुहरुले यस विषयमा पुलिससँग कुरा गरेको भन्दै कुँवरले चोटको निशानको खुलासा पोस्ट मार्टम रिपोर्टमा देखिने भन्दै त्यसपछि आफुहरु कानूनी लडाइ लडन पनि तयार रहेको बताउनुभयो ।  अर्को तर्फ पछिल्लो केही समयमा दिल्ली एनसीआरमा अर्घाखाँची लगायत नेपालका विभिन्न स्थानका कयौं नेपालीहरुले विभिन्न कारणले ज्यान गुमाएको भन्दै नेजस उत्तर भारतकी अध्यक्ष सुनिता जीसी कुँवरले सबै प्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...