HomeFeatureदिल्लीमा अर्घाखाँचीका थप एक युवाको कोराना कारण निधन, उपचार पाएर पनि बचेन...

दिल्लीमा अर्घाखाँचीका थप एक युवाको कोराना कारण निधन, उपचार पाएर पनि बचेन ज्यान

नयाँ दिल्ली, 9 मई 2021

भारतको राजधानी दिल्लीमा कोरोना संक्रमणका कारण थप एक नेपालीको मृत्यु भएको छ । दिल्लीको ग्रीन पार्क क्षेत्रमा कोठीमा काम गर्दै आएका अर्घाँखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर 8 खापडाँडाका 28 वर्षीय कृष्ण बिकको कोरोना संक्रमणका कारण शनिवार राति रेवाडीस्थित अस्पतालमा निधन भएको उनका गाँउले नारायण शर्माले बताउनुभयो । पछिल्लो केहीदिन देखि कोभिड संक्रमित हुनु भएका कृष्णलाई अफ्ठ्यारो भएपछि पछिल्लो एक सातादेखि रेवाडी अस्पतालमा भर्ना गरिएको नारायण शर्माले बताउनु भयो । हिजोसम्म अवस्था ठीकै भएपनि हिजो भेन्टिलेटरमा राखेर उपचार चलिरहेका बेला सास लिन अप्ठ्यारो भएपछि राति 10 बजेतिर निधन भएको नारायण शर्माले बताउनुभयो । उनि झण्डै 12 वर्षदेखि ग्रीन पार्कस्थित कोठीमा काम गर्दै आएका थिए । अरुलाई पर्दा सहयोग गर्ने कृष्ण बिकको उपचारमा कोठीका मालिक, उनका दाई र नारायण शर्माले नीजी अस्पतालमा राम्रो भन्दा राम्रो उपचार गराउने प्रयास गरेका थिए । तर अफसोस हिजो राति उनको निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...