HomeFeatureसंविधान शंसोधन गर्ने भन्दै प्रधानमन्त्री ओलीले मागे विश्वासको मत

संविधान शंसोधन गर्ने भन्दै प्रधानमन्त्री ओलीले मागे विश्वासको मत

काठमाण्डौ, 10 मई 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको हितका विविध पक्षमा काम गरेको र सफलता पनि मिलेको भन्दै आफुलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।  विश्वासको मत लिने प्रयोजनका लागि बोलाईएको प्रतिनिधिसभाको विशेष अधिवेशन को दोश्रो बैठकलाई सम्बोधन गर्दै सरकारले देश र जनताका चासोका हर विषयमा सफलता प्राप्त गरेको भन्दै विश्वासको मत लिनका लागि तीनै कार्य नै पर्याप्त भएको बताउनुभयो । उहाँले संविधान शंसोधनका लागि आफु तयार रहेको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले विखण्डनको राजनीति सधैका लागि अन्त्य गरेको, देशको सार्वभौम सत्ता र भौगोलिक अखण्डताको सवालमा कुनै विवाद नरहेको, पृथकतावादी सोच राख्नेलाई राजनीतिक मुलधारमा ल्याएको, राजनीतिक इच्छा आकांक्षा पुरा गर्नका लागि हिंसालाई माध्यम बनाउनुपर्छ भन्ने सोच लिएकालाई पनि संवादको माध्यमबाट शान्तिपुर्ण राजनीतिको मुलधारमा ल्याएको, दशकौ देखिको हिंसाको राजनीति अन्त्य गराउन पहल गरेको भन्दै आफुलाई विश्वासको मत दिनु नपर्नेुपर्ने कारण नै नरहेको तर्क गर्नुभयो । उहाँले विकास निर्माण, पुर्वाधार, सडक निर्माण, पुल, धरहरा पुर्ननिर्माण, सिंचाई आयोजनाहरु लगायतको फेयरिस्त प्रस्तुत गर्दै आफ्नो नेतृत्वको सरकारले जनजीवीकाका सवालमा नयाँ कामहरु गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “बैचारिक संलग्नतामा नभई सार्वभौम जनताको प्रतिनिधित्व गरेर यहाँ उभिएका छौ । सावैभौम जनताको हितहरुको प्रतिनिधित्व हामी गर्छौ । यस्तो अवस्थामा आफ्नो स्वार्थबाट निर्देशित भएर होइन । आवद्धता वा संलग्नतालाई हेरेर होइन । सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने अवस्था रहेको छ र त्यसैलाई पछ्याएर निर्णय गर्नुपर्छ । ”

सरकारले राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ता अक्षुण राख्ने सवालमा उपलब्धिमुलक काम गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो “राष्ट्रियताको रक्षा र स्वाधिनताको रक्षा, भौैगोलिक अखण्डताको रक्षा र पहरेदारी गर्ने सन्र्दभमा , राष्ट्रिय हितलाई सर्वोपरी राखेर व्यवहार गर्ने र राष्ट्रिय स्वभिमान माथि उठाउने सवालमा वर्तमान सरकारले कुनै पनि कसर बाँकी नराखेको कुरा स्पष्ट छ । हामीले लिएका अडान, व्यवहार र प्राप्त गरेका उपलब्धिहरु आफै बोल्छन् । सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नै छैन । हामी आईडोलोजिक अडानलाई अनुचित महत्व दिन्छौ भने वेग्लै कुरा होला । होइन भने यसमा अविश्वास गर्नुपर्ने वा विश्वास गर्न नसकिने कुनै कारणै छैन । ”

सरकारले असाधारण र दुरगामी महत्वका काम गरेको र मान्छे बस्न लायकको देश बनाउनुको साथै हेर्न लाज नहुने समाजको निर्माण गरेको दाबी गर्नुभयो । उहाँले अराजनीतिक हतकण्डा अपनाउने काम वर्तमान सरकारले नगर्ने, कसैलाई विभेद नगर्ने भन्दै विश्वास नगर्नुपर्ने कुनै कारण नै नरहेको बताउनुभयो । सरकारले देश र जनताका लागि वर्तमान सरकारले असाधारण काम गरेको भन्दै उहाँले सत्यलाई स्वीकार गर्ने हो भने आफुलाई विश्वास नगर्नुपर्ने कारण नरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “सत्यलाई स्वीकार गरेर अघि बढ्ने हो भने यो सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नै छैन । यस सदनको विश्वास छ भन्ने आवश्यक ठानेकाले म यस सदनमा उपस्थित भएको छु । सदनको आफुमाथि विश्वास छ भन्ने कुरा प्रष्ट गर्न चाहेको हो । ”

उहाँले राजनीति भनेको स्वार्थ पुरा गर्ने शस्त्र मात्रै नभएको भन्दै देश बनाउने संकल्पका रुपमा बुझ्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “राजनीतिक शक्तिहरुका बीचमा घाउ कोट्याई कोट्याई, किन चुडिँदैन भनेर तानी तानी चुडाँउने, किन भत्किदैन भनेर भत्काउने र पनि शान्ति सुव्यवस्थाको स्थिति छ । सभामुख महोदय, राजनीतिलाई के बनाईरहेका छौ हामीले ? राजनीतिलाई स्वार्थको दुनो सोच्याउने शस्त्रको रुपमा पनि बुझ्दैछौ कि? देश बनाउने संकल्पको रुपमा बुझ्दै छौ राजनीतिलाई । राजनीति देश बनाउने । राजनीति देश र जनताको सेवा गर्ने एउटा माध्यम हो । ”

संसद पुर्नस्थापना भईसकेपछि पनि अहिले सम्म आफुलाई कसैले अविश्वास नगरेको भन्दै उहाँले विश्वासको मत दिनको लागि आग्रह गर्नुभयो । उहाँले नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै पार्टी भिन्न भईसक्दा पनि आफुले विश्वासको मत लिन्छु नभन्ने बेलासम्म समर्थन फिर्ता नलिइएकाले सुदृढ समर्थन रहेको भन्दै फेरि पनि विश्वासको मत दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “ पार्टी अलग भईसक्दा पनि समर्थन फिर्ता त लिनुभएन । कति सुदृढ समर्थन रहेछ त । मैले आफैले विश्वासको मत लिन्छु नभनेसम्म त समर्थन फिर्ता लिनुभएन । केही दिन भएको छ । केही विग्रिएको छैन । आज फेरि विश्वासको मत दिनु । यदि कसैले नदिने निर्णय गरेर आउनुएको छ भने पनि नेताले यही दिनु भन्दिएपछि सांसदहरु खुसी हुनुहुनेछ । म आज संविधानको धारा १ सय को उपधारा १ बमोजिम विश्वासको मत माग्न चाहन्छु र विश्वासको मत छ भन्ने कुराको पुष्टी यस सदनले गरोस् भन्ने चाहन्छु । ”

प्रधानमन्त्री ओलीले सरकारको ध्यान कोभिड १९ संक्रमणको रोकथाम र उपचारमा केन्द्रीत रहेको र आफ्ना कार्यहरुलाई प्रभावकारी रुपमा अघि बढाईरहेको दाबी पनि गर्नुभयो । उहाँले वर्तमान अवस्थामा विभिन्न विचार र संस्थागत मत भिन्नतालाई थाती राखेर कोभिड विरुद्ध एकजुट भएर लड्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । सरकारका प्रयासहरुमा सबैको साथ आवश्यक रहेको र कोभिड विरुद्ध लड्नु सबैको साझा उत्तरदायीत्व भएको पनि उहाँले स्मरण गराउनुभयो । उहाँले स्थिरता र स्थायीत्वका साथ एकतावद्ध भएर, जनताले देख्ने र बुझ्ने गरि अनुभव हुने गरी काममा जुटिरहेका बेला सरकारलाई सहयोग गर्दे सबै एकजुट भएर लागेको हुनुपर्नेमा त्यसो हुन नसकेको दुखेसो गर्नुभयो । उहाँले मुलुकमा देखिएका पछिल्ला गतिविधि, चिन्तन र ध्यानहरु विषय केन्द्रीत हुन नसकेकोको गुनासो पनि गर्नुभयो ।
उहाँले सरकारले चालेका सकारात्मक कदममा कसैको साथ नभएको र अनेक अप्ठ्याराहरुको सामना गर्नुपरेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्रीमाथि हिलो छ्याप्ने र सरकारमाथि हिलो छ्याप्ने र कोभिड विरुद्धको औषधी खरिदमा भएको भनिएको भष्ट्राचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने खालका क्रियाकलाप भए ।”

उहाँले सरकारको नागरिकको जीवन रक्षा गर्नु पहिलो कर्तव्य भएको भन्दै साझा संकट समाधान गरिरहेका बेला कसैले भ्रष्टाचार गरेको भए कारवाही गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...