HomeFeatureचुनाव हुँदा लोकतन्त्र खतरामा पर्दैनः प्रधानमन्त्री केपी शर्मा ओली

चुनाव हुँदा लोकतन्त्र खतरामा पर्दैनः प्रधानमन्त्री केपी शर्मा ओली

काठमाण्डौ, 10 मई 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरुद्ध भ्रमपुर्ण हल्ला फैलाउने काम नगर्न चेतावनी दिनुभएको छ । आफ्नो विश्वासको मतको प्रस्तावका सम्बन्धमा सदनमा आएको जिज्ञासाको जवाफ दिदै उहाँले आवेश, उत्तेजना र झुट जालझेलको राजनीति नगर्न सचेत गराउनुभएको हो । कोभिड १९ संक्रमणको जोखिममा मुलुक परिरहेका बेला मिलेर अघि बढ्नुपर्ने बेलामा तनाब बढाउने, अनेकता तर्फ देशलाई लैजाने पििरस्थिति होइन । उहाँले नेपालको राजनीति माखे सांङलो जस्तो भएको भन्दै देशलाई बनाउने किसिमको राजनीति गर्न सबैलाई सुझाव दिनुभयो । असमानता र विभेदको अन्त्य गर्ने काममा सरकार लागेकाले मित्थ्या आरोपको खेती नगरि तनाब बनाउने काम नगर्न पनि उहाँले सचेत गराउनुभयो ।
उहाँले केही समय अघि लोकतान्त्रिक पद्ध्ति विरुद्ध आन्दोलनरत रहेकाले लोकतान्त्रिक आन्दोलनको चिन्ता गरेकोमा आफुलाई खुसी लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति व्यंग गर्नुभयो ।
कहिलेकाहीँ देशको आवश्यकता एकातिर र संसदीय गणित अर्कोतिर हुने गरेको भन्दै उहाँले चुनाव हुँदा लोकतन्त्र खतरामा नपर्ने बताउनुभयो ।
उहाँले संसदको स्थायीत्वका लागि आफुलाई मतदान गरि संसदलाई बचाउन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “संसद विघटन होला कि भन्ने चिन्ता छ । मत दिनुहोस् न कसरी विघटन हुन्छ ? ”

उहाँले आफुले सबैभन्दा ठूलो, धेरै जनमत र सिट भएको पार्टीको हैसियतले आफुले सरकारको नेतृत्व गर्ने हक राख्ने बताउनुभयो । उहाँले नेपाल खनाल पक्षका सांसदहरु सदनमा उपस्थिति नभएको कुरा पनि आफुले बुझेको बताउनुभयो ।
संवाद,सहमति र समझदारीका साथ देश अघि बढ्न आवश्यक रहेको भन्दै विगतका कुरा छोडेर नयाँ ढंगले अघि बढ्न पनि उहाँले प्रस्ताव गर्नुभयो । उहाँले खुट्टा तान्ने मात्रै नभई कोभिड विरुद्धको लडाई, देशको राजनीतिक स्थिरताका लागि एकजुट भएर अघि बढ्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...