काठमाण्डौ, 11 मई 2021
काठमाण्डौको टेकू स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पिसिआर परीक्षण रोकेको छ । अस्पतालले मुख्य प्रवेशद्धारमा नै पिसिआर परिक्षण स्थगित गरिएको सूचना टाँसेपछि परीक्षण गर्न अस्पताल पुगेकाहरु त्यसै फर्किएका छन् ।
मुख्य गेटमा टाँसिएको सूचनामा भनिएको छ “विशेष काराणवस अर्को सुचना नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पिसिआर परीक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ । यसबाट आम सर्वसाधरणमा परेको असुविधाको लागि क्षमाप्रार्थी छौ । ”
अस्पताल प्रशासन स्रोतका अनुसार प्रयोगशालाका लागि आवश्यक सामाग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको हो ।
यसैबीच, संघीय राजधानी काठमाण्डौकै अस्पतालमा पनि विरामीहरुले बेड नपाएर अस्पताल बाहिर बस्नु परेको छ । कोभिड संक्रमण भई अक्सिजन दिनुपर्ने विरामीहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको गेट बाहिर बसेर उपचार गराउन बाध्य भएका छन् ।









































