HomeFeatureकोभिड १९ संक्रमण जोखिमका दृष्टिले आगामी ३ साता निकै कठिनः डाक्टर रविन्द्र...

कोभिड १९ संक्रमण जोखिमका दृष्टिले आगामी ३ साता निकै कठिनः डाक्टर रविन्द्र पाण्डे

काठमाण्डौ, 12 मई 2021

जनस्वास्थ्यविद् डाक्टर रविन्द्र पाण्डेले कोभिड १९ संक्रमण जोखिमका दृष्टिले आगामी ३ साता निकै कठिन रहेकाले स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ । कोभिड १९ को पहिलो लहर भन्दा दोश्रो लहरमा संक्रमण सार्ने क्षमता बढी तथा विरामीको स्वास्थ्य अवस्था जटिल बनाउने देखिएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । न्युज एजेन्सी नेपालसंग बुधबार कुराकानी गदै उहाँले दोश्रो लहरमा कोभिड १९ संक्रमणको फैलावट बढी भएको, कोभिड निमोनिया र अधिकांशलाई अक्सिजनको कमि हुने लक्षण देखिएकाले बढी सतर्क हुन जरुरी रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “त्यो बेला एउटै घरमा दुईवटा संक्रमित हुने र बाँकी संक्रमित नहुने परिस्थिति थियो । यो पटक एकजना संक्रमित भयो भने सबैजना संक्रमित हुने अवस्था छ । गतसाल कोभिड निमोनिया एकदमै कमलाई भएको थियो । ९० प्रतिशत होइम आईसोलेसनमा नै निको भएका थिए । यो पटक धेरैलाई कोभिड निमोनिया भएको छ । अक्सिजन चाहिने, अस्पतालको, डाक्टरको सहयोग चाहिने अवस्था छ । कोभिड निमोनियाको कारणले गर्दा अक्सिजनको माग एकदमै बढेको छ । अस्पतालका वेडहरु पनि भरिभराउ छन् । विभिन्न अस्पतालहरुले उपचार गर्न सक्क्तैनौँ भनेर विरामीलाई डिस्चार्ज गरेको, विरामीलाई नलिएको अवस्था छ । परीक्षणको हिसाबले हेर्ने हो भने ३५ प्रतिशतमा पोजेटिभ देखिएको छ । हाम्रो स्वास्थ्य संरचनाले धान्न नसक्ने हो कि भन्ने स्थिति देखा परेको छ । त्यो कारणले गर्दा यो ३ हप्ता चाही हाम्रा लागि निकै कठिन पुर्ण छ । गतसाल भारतमा पिकमा पुगेको ३ हप्तामा हाम्रो पिकमा पुगेको थियो । यो तिन हप्ता भित्र हामी संक्रमित भयौ भने अस्पतालको बेड पाउन गाहे छ । अक्सिजन पाउन गाहो छ । ”

उहाँले दोश्रो लहरमा धेरै संक्रमितमा इण्डियन भेरियन्ट नै देखिएको तथा खुल्ला सिमानाका कारण भारतमा फैलिदोँ संक्रमणकै गतिमा नेपालमा पनि संक्रमितहरु बढ्न सक्ने अवस्थालाई मनन गरी आगामी ३ हप्ता दुख सहेरै भएपनि घर भित्रै बस्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले सही तरिकाले डबल मास्क लगाएर भौतिक दुरी कायम गर्न सकेमा संक्रमणको चेन तोडिने विश्वास व्यक्त गर्नुभयो । तर त्यसका लागि आम नागरिकमा आत्मअनुशासन आवश्यक रहेको बताउनुभयो । धेरै देशहरुमा नागरिकहरु अनुशासित भएर बसेकाले कोभिड नियन्त्रणमा सहज भएको भन्दै उहाँले त्यसतर्फ समयमै सचेत हुनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले विद्यमान अवस्थामा अस्पतालहरुमा बेड कमि भएकाले विस्तारका लागि धैरै काम गर्नुपर्ने भएपनि हेल्थ सिस्टम नै कोल्याब्स भयो भन्ने कुरा सही नभएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “हेल्थ सिस्टम कोल्याब्स भयो भन्ने कुरा म मान्दिनँ । अहिले पनि अधिकांश अस्पतालले भूईँमा , चौरमा, गल्लीमा, म्याटमा, बेञ्चमा भएपनि उपचार गरिरहेका छन् । हामीले उपचार गर्न सक्क्तैनौ भनेर चिकित्सकहरुले हात उठाएको अवस्था छैन । प्राईभेट अस्पतालले अक्सिजनको अभाव देखाएका छन् । त्यो केही समयमा पुरा हुन्छ । संक्रमितको संख्या घट्दै गएपछि अक्सिजनको माग पनि घट्दै जान्छ । त्यसैले हेल्थ सिस्टम नै कोल्याब्स भयो भन्ने चाहीँ होइन ।”

जनस्वास्थ्यविद् डाक्टर पाण्डेले कोभिड १९ संक्रमणको नियन्त्रण तथा रोकथामका लागि सरकारले जनस्वास्थ्यका मापदण्ड पालनामा कडा निगरानी गर्नुको साथै अस्पतालहरुको क्षमता वृद्धि, अक्सिजनको सहज आपुर्ति र खोप आयातमा विशेष पहल गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले संक्रमित भएपनि खोपको दोश्रो डोज लगाएकाहरु संक्रमित भएपनि स्वास्थ्य अवस्था गम्भीर नभएकाले खोपको सुनिश्चितता गर्नुपर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले अस्पतालहरुले अक्सिजन लगायतको कारण देखाएर विरामीलाई फर्काउने काम नगर्न र सकेको उपचार र परामर्श दिन आग्रह गर्नुभयो । संक्रमितहरुले पनि छाती लगायतको प्रारम्भीक परीक्षण गरी सचेतता अपनाउन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “जनस्वास्थ्य मापदण्ड पालना भए÷नभएको निगरानी गर्नुपर्यो । खोप ल्याउने काम छिटो गर्न र त्यसको जिम्मा निजी क्षेत्रलाई पनि दिनुपर्यो । कोभ्याक्स अन्र्तगतको बाँकी खोप ल्याउनका लागि पहल गर्नुपर्यो । नीजि अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गरि स्वास्थ्यसेवालाई विस्तार गर्नुपर्यो । अहिले पनि आत्तिनु पर्ने र डराउनुपर्ने अवस्था छैन । तर यो तिन हप्ता हामीले संयमता, धैर्यता राखेनौ भने हामीले कल्पना गरे भन्दा छुट्टै सिनारियो देखिन सक्छ । ”

उहाँले महामारी समुन्द्रको छाल जस्तो भएको र उच्चविन्दुमा पुगेपछि क्रमैसंग तल झर्दै जाने भएकाले आगामी ३ हप्ता विशेष सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अस्पताल, विरामी र नकारात्मक समाचारमा भन्दा आत्मबल बलियो बनाई, योजनाबद्ध तरिकाले संक्रमित भईहाले के गर्ने भन्नेबारे पुर्वतयारीका स्वास्थ्यका मापदण्ड अपनाएर घरमै बस्न सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...