HomeFeatureएमालेद्वारा माधव नेपाल लगायत 4 नेताको निलम्बन फिर्ता, तर पार्टी २०७५ जेठ...

एमालेद्वारा माधव नेपाल लगायत 4 नेताको निलम्बन फिर्ता, तर पार्टी २०७५ जेठ ३ गतेको अवस्थामा नफर्कने संकेत

काठमाण्डौ, 13 मई 2021

नेकपा एमाले स्थायी समितिले वरिष्ठ नेता माधव कुमार नेपाल लगायत ४ नेता माथि गरेको कारवाही फिर्ता गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार विहान बसेको स्थायी समिति बैठकले बरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । पार्टी एकताको रक्षाका लागि विगतका कुरा बिर्सेर एकतामा योगदान गर्न आव्हान गर्दै ४ नेतामाथि गरिएको निलम्बन फुकुवा गर्ने निर्णय बैठकले गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । त्यसैगरी बैठकले पार्टी भित्र र राष्ट्रिय राजनीतिमा देखा पर्ने परिस्थितिका सन्र्दभमा आवश्यक निर्णय गर्ने अधिकार अध्यक्षलाई प्रत्यायोजन गरेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “पार्टी एकताको रक्षाका लागि विगतका सबै कुराहरु विर्सेर एकतामा योगदान गर्न आव्हान गर्दै निलम्बन गरिएका नेताहरु माधवकुमार नेपाल,भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ र आफ्नै सरकार ढालेर विपक्षीहरुको सरकार बन्ने बनाउने र त्यसका निम्ति मुख्य कारक बन्ने बाटोमा नहिड्न साथीहरुलाई आव्हान पनि गरेको छ । बैठकले पार्टी भित्र र राष्ट्रिय राजनीतिमा देखा पर्ने परिस्थितिका सन्र्दभमा आवश्यक निर्णय गर्ने अधिकार अध्यक्षलई प्रत्यायोजन गरेको छ । ”

बैठकले बागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईको निधनमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्मानमा पार्टीको झण्डा ३ दिन झुकाउने निर्णय गरेको छ । बैठकमा पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीको बढ्दो चुनौति र कोभिड नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका तयारी बारे जानकारी गराउनुभएको थियो । बैठकले उपचारका लागि अत्यावश्यक अक्सिजन अभाव लगायतका समस्या सम्बोधन गर्न राज्यको सम्पुर्ण क्षमता र सम्पुर्ण कुटनीतिक क्षमता प्रयोग गर्न सुझाव दिएको छ । यसैबीच नेता ज्ञवालीले पार्टी २०७५ साल जेठ ३ गतेको अवस्थामा फर्कने संभावना नरहेको संकेत गर्नुभएको छ । पार्टीकै नेपाल खनाल पक्षले पार्टी एकता र सहमति अनुसार चल्ने हो भने २०७५ साल जेठ ३ गतेको अवस्थामा फर्कनुपर्ने अडानका बारेमा बैठकले केही निर्णय गर्यो भन्ने संञ्चारकर्मीहरुको जिज्ञासामा नेता ज्ञवालीले प्रतिकूल अवस्थामा नेतृत्वका पक्षमा दृढतापुर्वक उभिएका पुर्व माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरुको योगदानको अवमुल्यन गर्ने खालको निर्णय नहुने बताउनुभएको हो । तर अन्य विषयमा आवश्यक छलफल गरेर उपयुक्त निर्णय गर्ने अख्तियारी भने अध्यक्षलाई दिईएको उहाँले जानकारी दिनुभयो । उहाँले नेतृत्वले पार्टी एकता र पार्टीको वृहतर हितलाई ध्यानमा राखेर आवश्यक कदम चाल्ने बताउनुभयो ।

उहाँले “राष्ट्रिय राजनीतिकको पक्षमा निर्णय गर्नैै अधिकार अध्यक्षलाई दिएको छ । तर प्रतिकुल अवस्थामा देशभरको सिंगो पार्टी पक्ति भिडेको छ । उहाँहरुको मनोबल खस्काउने अथवा असाध्यै प्रतिकुल अवस्थामा नेतृत्वको पक्षमा दृढता पुर्वक उभिनु भएका पुर्व माओवादी कमरेडहरु जो अहिले नेकपा एमालेमा आवद्ध हुनुहुनुन्छ उहाँहरुको योगदानलाई अवमुल्यन गर्ने खालका कुनै पनि निर्णयहरु हुदैनन् । अन्य कतिपय विषयमा छलफल गरेर अगाडि बढ्न सकिन्छ । त्यो छलफल र आवश्यक सहमति र आवश्यक निर्णय गर्ने अधिकार अध्यक्षलाई प्रत्यायोजन गरिएको छ ।”

नेपाल खनाल समुहका सांसदहरुले राजीनामा गरेर सरकार गठनको प्रक्रियालाई कुनै पनि असर नगर्ने पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले नेपाल खनाल समुहले विगतमा पनि दलको अध्यक्षलाई अध्यक्षबाट, साधरण सदस्यताबाट पनि बरखास्त गर्ने काम गरेको तथा विश्वासको मत लिने दिन प्रतिनिधिसभामा अनुपस्थित भएर विपक्षी दललाई सघाउने काम गरेको उल्लेख गर्दै पार्टी एकताको रक्षाका लागि सकारात्मक ढंगले योगदान गर्न पनि बैठकले आव्हान गरेको बताउनुभयो । कार्यविभाजन भनेको कुनै पनि बेला परिर्वतन हुने भएकाले पार्टी भित्र फर्किएर नेतृत्वलाई सहयोग गरेको अवस्थामा आवश्यक भूमिका र कार्यविभाजन हुने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...