HomeFeatureमाधव नेपालका मुद्धा अझै मिल्न बाँकी छन प्रधानमन्त्री ओलीसँग ? यसो भन्छन...

माधव नेपालका मुद्धा अझै मिल्न बाँकी छन प्रधानमन्त्री ओलीसँग ? यसो भन्छन नेता माधव नेपाल

काठमाण्डौ, 14 मई 2021

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताका लागि आफुहरु पुरानै अडानमा यथावत रहेको बताउनुभएको छ । पछिल्लो समय पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीसंग सघन छलफलमा रहेका नेता नेपालले आफ्ना अडानमा ओली सहमत भएपनि पार्टीको मोडालिटीबारे भने टुंगो लागिनसकेको बताउनुभयो । उहाँले २०७५ जेठ २ गतेकै अवस्थामा पार्टीलाई पुराउने र गत फागुन २८ को निर्णय फिर्ता गर्नुपर्ने आफुहरुको मागमा अध्यक्ष ओली सहमत भएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “ फागुन २८ गतेको निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्था पुराउने हाम्रो बटम लाईन थियो । त्यसमा हाम्रो पार्टी अध्यक्ष एवं केपी शर्मा ओली सहमत हुनुभएको छ । पार्टी मोडालिटीको बारेमा छलफल गर्ने भन्नुभएको छ । त्यसमा पनि केही स्पष्टताहरुको आवश्यकता पर्ला । छलफल गरेर टुंग्याउने छौ ।”

अध्यक्ष ओलीले मनोमानी ढंगले पार्टी चलाएको, संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै खरो विरोधमा उत्रिएका नेता नेपाल समुहले ओली सरकारको विरुद्ध बन्न लागेको संयुक्त सरकार गठन प्रक्रियालाई सघाईरहेको थियो । नेता नेपाल खनाल समुहका सांसदहरु प्रधानमन्त्रीले विश्वासको मत लिने बैशाख २७ गतेको दिन प्रतिनिधिसभाको बैठकमा पनि अनुपस्थित भएको थियो । तर संयुक्त सरकार गठनका लागि दिईएको समय सकिनै लाग्दा अध्यक्ष ओली र नेता नेपालबीच नाटकिय ढंगमा सहमति भएको थियो । सोही सहमति अनुसार नेपाल खनाल पक्षले प्रधानमन्त्री ओलीलाई नै समर्थन गर्ने भएपछि संसदमा ठूलो दलको हैसियतले शुक्रबार प्रधानमन्त्रीमा पुन ओली नै नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...