HomeFeatureदेश र जनताप्रति चिन्तित नभएर स्वार्थ केन्द्रीत हुनु उचित होइनः प्रधानमन्त्री केपी...

देश र जनताप्रति चिन्तित नभएर स्वार्थ केन्द्रीत हुनु उचित होइनः प्रधानमन्त्री केपी शर्मा ओली

काठमाण्डौ, 14 मई 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिमा जण्डिसको विरामीले जस्तो जता पनि पहेँलो देख्ने प्रवृत्तिहरु देखा परेको बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहण पछि बसेको मन्त्रीपरिषद्को बैठकलाई सम्बोधन गर्दे उहाँले विरोधीहरुले सरकारका उचित प्रयासहरुलाई भ्रमपुर्ण ढंगले प्रचार गरी जनतामा अन्यौल श्रृजना गर्ने काम भएको बताउनुभएको हो । उहाँले कोभिड १९ संक्रमणको भयावह अवस्थामा त्यसविरुद्धको लडाईमा एकजुट हुनुपर्नेमा सरकारका प्रयासहरुलाई ओझेल पार्ने र जनतामा निरासा पैदा गर्ने काम भएको दाबी गर्नुभयो । उहाँले जण्डिसको विरामीले जता पनि पहेँलो देखे जस्तै सबै ति भ्रष्टाचार देख्ने र काम गर्ने संस्था र व्यक्तिलाई हतोत्साही गर्ने काम भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “कोभिड १९ का विरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा विभिन्न प्रकारले अस्वस्थ्य,अनुचित र तनाबग्रत वातावरण बनाउने र जनतामा अन्यौल श्रृजना गर्ने, निरासा पैदा गर्ने,सरकारका प्रयासहरुलाई ओझेलमा पार्न खोज्ने,प्रयासहरुलाई असफल पार्न खोज्ने , उचित प्रयासहरुलाई भ्रमपुर्ण ढंगले प्रचार गर्ने र जण्डिसको विरामीले जस्तो जता पनि पहेलो देख्ने, जता पनि भ्रष्टाचार देख्ने र काम गर्ने संस्था र व्यक्तिलाई पनि काम गर्न हतोत्साहीत गर्ने प्रवृत्तिहरु भईरहेका छन् । ”

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले आफुले सरकार बनाउन नसकेपछि देशमा प्रतिगमन भएको देख्ने गरेको टिप्पणी गर्नुभयो । त्यसकिसिमका आलोचनालाई उहाँले मुलुकमा अस्थिरता चाहनेहरुको कुतर्क को संज्ञा दिनुभयो ।

उहाँले भन्नुभयो “यतिबेला पनि केही अस्थिरता चाहने र मुलुकमा शान्ति देख्न नचाहने तत्वहरुले लोकतान्त्रिक मुल्य मान्यता अनुसार संविधानन र कानुन बमोजिम देश चल्ने कुरालाई अस्वीकार गरेर आफ्ना स्वार्थमा केन्द्रीत कुतर्क गर्छन् । अहिले पनि देशमा प्रतिगमन भएको देख्छन् । आफुले सरकार बनाउन नसक्नु प्रतिगमन । अर्कोले सरकार बनाउनु प्रतिगमन । यस्तो तथाकथित नक्कली क्रान्तिकारी चश्माबाट सधै हेर्छन् र अहिले पनि जनतालाई भ्रममा पार्न खोजिरहेका छन् । मुलुकमा प्रतिगमन भएको छ र प्रतिगमनका विरुद्ध लड्न सबै एकजुट भएर लागौ भनेर शान्ति कायम हुन नदिने स्थिरता हुन नदिने र अस्थिरता र अशान्तिको एउटा भुमण्डल खडा गर्न खोज्ने प्रयासहरु भएका छन् ।”

आफ्नो स्वार्थका निम्ति यस विकराल अवस्थामा सरकारलाई छेक्न खोज्ने प्रवृत्ति उचित नभएको भन्दै उहाँले देश संघीय लोकतान्त्रिक गणतन्त्र अनुसार, संविधान र कानुनका स्पष्ट व्यवस्था र मर्यादा अनुसार कोभिड १९का विरुद्ध संघर्षमा जुटेको स्पष्ट पार्नुभयो । सरकारको गम्भीरतालाई छिमेकी र मित्रराष्टहरुले हेरिरहेको भन्दै उहाँले यस्तो अवस्थामा पनि देश र जनताप्रति चिन्तित नभएर स्वार्थ केन्द्रीत हुनु उचित नहुने टिप्पणी गर्नुभयो । उहाँले कोभिड १९ संक्रमतिको उपचारमा सरकारले कुनै कमि हुन नदिने प्रतिवद्धता जनाउनुभयो । कोभिड १९ नियन्त्रण, रोकथाम तथा उपचारमा सरकारले प्रभावकारी कदम चाल्ने र आवश्यक पर्ने स्वास्थ्य सामाग्रीका साथै अग्रपक्तिमा रहेर उपचार सेवा गर्नेहरुलाई प्रभावकारी ढंगले प्रोत्साहन सुविधा उपलब्ध गराउने आश्वासन दिनुभयो । साथै सबै नागरिकलाई यथाशिघ्र कोभिड १९ विरुद्धको खोप लगाउने व्यवस्था सरकारले मिलाउने पनि उहाँले उल्लेख गर्नुभयो । निषेधाज्ञाको समयमा उद्योग व्यवसाय र रोजगारीमा परेको प्रभावलाई सम्बोधन गर्न र त्यसको प्रतिकूल असर नपरोस् भन्ने तर्फ सरकार सजग रहेको पनि उहाँले बताउनुभयो । उहाँले यी सबै कामका लागि आवश्यक सम्पुर्ण स्रोत र साधन परिचालन गर्ने कुरामा कुनै कमि आउन नदिने प्रतिवद्धता जनाउनुभयो । उहाँले नीजि क्षेत्रका अस्पतालहरुलाई सेवाको भावना राखेर विरामीको उपचारमा लाग्न तथा कोभिड नियन्त्रण तथा रोकथामका सरकारलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो । उहाँले कोभिड नियन्त्रणका लागि खरिद गरिएका कुनै पनि सामानमा भ्रष्टाचार वा अनुचित लाभ लिन खोज्ने काम भए उनीहरुमाथि कडाईका साथ कारवाही गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रधानमन्त्रीले अक्सिजन उत्पादन पुर्ण क्षमतामा गर्न र ढुवानी तथा वितरणलाई व्यवस्थित बनाउन सम्बन्धीत मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले आफुले देश र जनताप्रति बफादार भएर काम गर्ने, सपथका शब्दहरुको कार्यान्वयनका निम्ति सक्रिय प्रयास अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो । प्रधानमन्त्री ओलीले त्यसका लागि कर्मचारीबाट पनि प्रभावकारीता र संक्रियताका साथ काम हुने विश्वास आफुले लिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...