HomeFeatureकाठमाण्डौ उपत्यकाको चन्द्रागिरी नगरपालिका एकसाताका लागि सिल

काठमाण्डौ उपत्यकाको चन्द्रागिरी नगरपालिका एकसाताका लागि सिल

काठमाण्डौ, 15 मे 2021

काठमाण्डौ उपत्यकाको चन्द्रागिरी नगरपालिकाले एकसाता अवधिभरका लागि नगरपालिका सिल गरेको छ । आज जेठ १ गते देखि लागु हुने गरि ७ गते सम्म बिहान ६ बजे देखि सांझ ५ बजे सम्म सर्वसधारणलाई हिडडुल गर्न पुर्ण रुपमा प्रतिबन्ध गरिएको छ । नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमणको रोकथाम र नियन्त्रणका लागि औषधी पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र सम्पुर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफुल तथा तरकारी पसल, निर्माण व्यवसायी लगायतका पसलहरु, नगरपालिाका वडा कार्यलय, नगरबाट संञ्चालित योजनाहरु, सरकारी , गैरसरकारी, बैक तथा वित्तीय संसथहरु निजी सम्पुर्ण कार्यालयका सेवा पुर्वरुपमा बन्द गरि नगरपालिकालाई नै सिल गरेको हो ।
खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दुधको ढुवानीका साधनलाई सवस्थ्य सुरक्षा मापदण्डको पालना गरि संञ्चालन गर्न दिईएको छ । त्यसैगरी पशुपंक्षीको दाना, कृषि प्रयोजनका बिउ, बिजन, कृषि उत्पादन, औषधी उद्योग लगायत फोहरमैला बोक्ने सवारी साधनहरुलाई सिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी संञ्चालन गर्न दिईने भएको छ ।

यसैबीच नगरपालिका सिल भएपछि उपत्यका प्रवेश गर्ने नाका नागढुंगामा सुरक्षा जाँच कडा पारिएको छ । अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, खाद्यान्न ढुवानीका सवारी साधन बाहेकलाई प्रवेश नाकाबाट नै फर्काउने काम गरिएको छ । नगरपालिकाले बैशाख २९ गते नै सार्वजनिक सूचना जारी गरेकाले सिमाबाट फर्काउनुपर्ने सवारीसाधनहरु धेरै नभएको सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । सनिबार आज नागढुंगा नाका पनि सुनसान प्रायः देखिएको छ । एम्बुलेन्स, अत्यावश्यक सवारी साधन मात्रै संञ्चालन भएका छन् । सर्वसाधरण पनि घरबाहिर निस्कन नपाएपछि नगरपालिका सुनसान बनेको छ । राजमार्गमा पनि अन्य दिनमा जस्तो पास लिएर हिड्ने सर्वसाधरणहरु देखिएका छैनन् ।
नगरपालिकाले अन्य व्यवस्थाका सम्बन्धमा भने बैशाख २८ गते काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेश बमोजिम गर्न गराउन मातहतलाई निर्देशन जारी गरेको छ । नगरपालिकाकाले भेरोसिल खोपको दोश्रो मात्रा लगाउनका लागि भने आवतजावतमा अवरोध नगर्ने भएको छ । सरकारले जारी गरेको सूचनाका आधारमा पहिलो खोप लगाएको देखाएर तोकिएको खोपकेन्द्रसम्म आवतजावत गर्न दिईने छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...