HomeFeatureप्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः सपथ ग्रहण गराउन माग गर्दै सर्वोच्चमा रिट...

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः सपथ ग्रहण गराउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाण्डौ, 17 मे 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा सपथ लिएको भन्दै पुनः सपथ ग्रहणको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ३१ गते प्रधानमन्त्रीको रुपमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट सपथ लिनुभएको थियो । संविधानको धारा ८० अनुसार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीले संघीय कानुन बमोजिम पद तथा गोपनियताको सपथ लिनुपर्ने भएपनि हालसम्म संघीय कानुन नबनेकोले प्रधानमन्त्री लगायत मन्त्रीहरुको सपथ गैरसंवैधानिक भएको भन्दै तत्काल प्रधानमन्त्री ओलीलाई काम कारबाही गर्न नदिन र पुनः सपथ ग्रहण गराएर मात्रै काम गर्न दिन माग गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली र सन्तोष भण्डारीले सोमबार रिट दर्ता गर्नुभएको हो । संघीय कानुन बनाएर मात्रै सपथ ग्रहण गराई काम गराउन माग गर्दै रिट हालेको अधिवक्ता लोकेन्द्र ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सपथ ग्रहण सम्बन्धी कानुन नबनेकाले प्रधानमन्त्रीको सपथ वैधानिक देखिएन । वैधानिक नभएकाले संघीय कानुन नबनेसम्म तत्काल काम गर्न नदिनु, कानुन बनाएर सपथ खुवाएर मात्रै काम गराउनुपर्ने भन्ने हाम्रो मुल माग हो ।’

प्रधानमन्त्री ओलीले शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण नगरेपछि राष्ट्रपति भण्डारीले दाहो¥याउनु भएको थियो । दोहो¥याउँदा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भनेका थिए । यही कारण प्रधानमन्त्रीको सपथ ग्रहण विवादमा तानिएको थियो । रिट निवेदनमा संघीय संसदको सदस्य नरहेका ७ जना मन्त्रीहरुलाई पनि संविधान विपरित नियुक्त गरिएकोले उहाँहरुलाई पदमुक्त गर्नपनि माग गरिएको छ । सांसद नभएको भएपनि प्रधानमन्त्री ओलीले दुई÷दुई पटक मन्त्री नियुक्त गर्नुभएको र यस्तो व्यवस्था संविधानमा नभएको अधिवक्ता लोकेन्द्र ओलीले बताउनुभयो । सो रिट निवेदनको पेशी मंगलबारलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...