HomeFeature'संसद विघटन' संविधानलाई मास्ने र सिध्याउने खेलः राष्ट्रियसभा सदस्य खिमलाल देवकोटा

‘संसद विघटन’ संविधानलाई मास्ने र सिध्याउने खेलः राष्ट्रियसभा सदस्य खिमलाल देवकोटा

काठमाण्डौ, 28 मे 2021

राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटाले संविधानलाई मास्ने षड्यन्त्र भइरहेको भन्दै संविधानलाई बचाउने र सहि दिशामा ल्याउन आफ्नो भुमिका हुने बताउनुभएको छ ।  शुक्रबार राष्ट्रिय सभा सदस्यको रुपमा सपथ ग्रहण गर्दै सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ डा. देवकोटाले संविधानत्ः प्रधानमन्त्री संसदप्रति उत्तरदायि हुने भएपनि संसदलाई छलेर पटक पटक विघटन गरिएकाले संविधानलाई मास्ने र सिध्याउने खेल भएको बताउनुभयो । संविधानलाई सबै मिलेर बचाउनुपर्ने भन्दै उहाँले आफ्नो भुमिका संविधानलाई बचाउन र संविधानलाई सहि दिशामा ल्याउनका लागि हुने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘मेरो जवाफदेहिता भनेको प्रदेशप्रति र स्थानिय तह प्रति हो । र संविधानको धारा ७६ को उपधारा १० ले प्रधानमन्त्रीको जवाफदेहिता संसद प्रति हो । मन्त्रीहरुको जवाफदेहिता पनि संसद प्रति हो । संसदप्रति जुन उत्तरदायित्व हुनुपर्ने, जवाफदेहिता हुने , त्यसकारण संसदलाई छलेर पटक पटक प्रतिनिधि सभा विघटन गर्ने जुन काम भएको छ । यो संविधानलाई मास्ने, संविधानलाई सिध्याउने, संविधान च्यात्ने खालको जुन खेल भएको छ । यसलाई हामी सबै मिलेर संविधानलाई बचाउने, संविधानलाई राइट ट्रयाकमा ल्याउने यसैमा मेरो आफ्नो भुमिका हुन्छ ।’

डा. देवकोटाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो । संविधानलाई सहि दिशामा ल्याउनका लागि प्रतिनिधि सभा पुर्नस्थापनाको विकल्प नभएको उहाँले बताउनुभयो । संविधानतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६(५) अनुसार दाबी गरिसकेपछि देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरिनुपर्नेमा त्यसो नगरी संविधानभन्दा बाहिर गइएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘मलाई चाहीँ पूर्ण विश्वास के छ भने प्रतिनिधि सभा पुर्नस्थापना हुन्छ । सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुर्नस्थापना हुने हामी सबैले कामना पनि गरौँ । साँच्चै अब संविधानलाई राइट ट्रयाकमा ल्याउने हो भने त्यसको विकल्प पनि छैन । धारा ७६(३) को सरकारले संसदमा विश्वासको मत नलिइकन प्रतिनिधि सभा विघटन भएको अवस्था हो । किनभने ७६(५) मा माननीय शेरबहादुर देउवाले दाबी गरिसकेपछि त्यो अनुसारको प्रधानमन्त्री नियुक्त गरिनुपथ्र्यो । किनभने संविधान भन्दा बाहिर गएको अवस्था यो भयो ।’

उहाँले राष्ट्रिय सभा सदस्यको रुपमा शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ लिनुभएको छ । डा. देवकोटा ६ गते भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनबाट नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले) माधव नेपाल समुहको सहयोगमा निर्वाचित हुनुभएको हो । उहाँले नेकपा(एमाले)का उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादललाई पराजित गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...