नयाँ दिल्ली, 29 मे 2021
देशभरि आज १४औं गणतन्त्र दिवस मनाईंदैछ । भारतमा रहेका प्रवासी नेपालीहरुले पनि दिवसको उपलक्ष्यमा शुभकामना आदान-प्रदान गरिरहेका छन । अखिल भारत नेपाली एकता मंच भारतका केन्द्रिय सचिव आरबी खड्काले पनि आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा तथा दाजुभाइहरूमा गणतन्त्र दिवसको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । एक शुभकामना सन्देश जारी गर्दै खड्काले भन्नु भएको छ “नेपाली जनताको दशकौं लामो सङ्घर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । गणतन्त्र ल्याउन आफ्नो अमुल्य जीवन उत्सर्ग गर्ने सवै महान सहिदप्रति भावपुर्ण श्रद्धाञ्जली , वेपत्ता योद्धाप्रति उच्च सम्मान र घाइते योद्धाप्रति उच्च सम्मान प्रकट गर्दछु । “
उहाँले अगाडी भन्नुभएको छ, “लामो र ऐतिहासिक संघर्षको बलमा हासिल गरिएको गणतन्त्रले राजनीतिक तहमा ठूलै उथलपुथल ल्याएको छ । तर, जनताको जीवनमा भने राजनीतिक परिवर्तनले अझै गुणात्मक अन्तर ल्याउन सकेको छैन । गणतन्त्र दिवसको यस अवसरले हामी सबैलाई एकतावद्ध भई अगाडि बढ्न प्रेरित गरोस् पुनः हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु, धन्यवाद । “









































