HomeFeatureमेलम्चीमा बाढीले बगाएर २३ जना बेपत्ता, हेलम्बु गाँउपालिकाले जारी गऱ्यो क्षतिको विवरण

मेलम्चीमा बाढीले बगाएर २३ जना बेपत्ता, हेलम्बु गाँउपालिकाले जारी गऱ्यो क्षतिको विवरण

काठमाडौं, 19 जुन 2021

मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ । हेलम्बु–१ स्थित सेमेसिदाङ हिमालमुनि रहेको भेमाथांग चौरमा गएको पहिरोका कारण असार १ गते आकस्मिक बाढी आएको गाउँपालिकाले जनाएको छ ।

गाउँकार्यपालिकाको कार्यालयका अनुसार बाढीमा परी हालसम्म २३ जना बेपत्ता छन् । जसमा चार महिला र १९ पुरुष रहेका छन् ।

हेलम्बु–२, किउलमा रहेको नवनिर्मित इलाका प्रहरी कार्यालय, हेलम्बु–३, सिमस्थित तीन घर, हेलम्बु–७, चनौटे मुख्य बजारभित्र रहेका करिब २५ व्यापरिक पसल बाढीले बगाएको र अधिकांश घरहरु पूर्ण रुपमा क्षति भएको जनाइएको छ ।

केही ट्राउट फर्म पूर्ण रुपमा क्षतिग्रस्त भएको, हेलम्बु–१, तिम्बुमा रहेको मेलम्ची खोला पुल, दडतोम्बा मोटरेबल पुल र चोक्पु र मेलम्चीघ्याङ जोड्ने नवनिर्मित पुल बाढीले बगाएकोलगायत क्षति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...