काठमाण्डौ, 25 जुन 2021
नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिए सँगै नेताहरुले आ–आफ्नो समुहको भेला तथा बैठकहरुलाई तिव्रता दिएका छन् । शुक्रबार नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समुहको भेला काठमाडौंको एक पार्टी प्यालेसमा भएको छ । भेलामा बरिष्ठ नेता पौडेल सहित महामन्त्री शशांक कोईराला, शेखर कोइराला, गगन थापा, प्रकाशमान सिं, रामशरण महत, अर्जुननरसिंह केसी लगायत केन्द्रीय कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो । भेलाले कांग्रेसको १४ औँ महाधिवेशनको सम्बन्धमा क्रियाशिल सदस्यता छानविन गरी छिट्टै टुंगो लगाउनुपर्नेमा जोड दिएको तथा सहमतीको उम्मेदवार छान्नका लागि ढिला गर्नु नहुने सुझाव आएको नेता प्रकाशमान सिंहले बताउनुभयो ।
नेता अर्जुननरसिंह केसीले एकता कायम गरेर उम्मेदवार टुंगो लगाउनुपर्ने र जस्तो खालको परिस्थिति आएपनि सहमती निर्माण गर्नुपर्ने छलफलको अन्तिम निष्कर्ष रहेको बताउनुभयो ।
आफ्नो समुहको तर्फबाट कसले सभापतिको उम्मेदवारी दिने भन्ने विषयमा छलफल बाट निर्णय गरीने उहाँको भनाई छ ।









































