HomeFeatureहिमाचलमा दुर्घटनामा परि एक नेपालीको मृत्यु, पहिचान हुन नसकेपछि परिवार खोज्ने क्रम...

हिमाचलमा दुर्घटनामा परि एक नेपालीको मृत्यु, पहिचान हुन नसकेपछि परिवार खोज्ने क्रम जारी

हिमाचल प्रदेश, 26 जुन 2021

रोजगारीका लागि ठूलो संख्यामा नेपालीहरु जाने हिमाचल प्रदेशमा एक पहिचान खुल्न नसकेका नेपालीको दुर्घटनामा परि निधन भएको छ । हिमाचल प्रदेशको कुल्लुस्थित ग्यामन पुलको छेउमा दुर्घटनामा परि निधन भएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भुन्तर नगर समितिका अध्यक्ष कन्हैया चौधरीले बताउनु भएको छ । पुलिसले दिएको जानकारीका अनुसार तस्वीरमा देखिएका नेपालीलाई बाटोमा पैदल गइरहेका बेला मोटर साईकलले ठक्कर दिएको हो । उनको दुर्घटनापछि घटनास्थलमै ज्यान गएको जनाइएको छ । मृतकको साथबाट पहिचान खुल्ने कुनै कागजात भेटिएको छैन । पुलिसले मृतकको परिवारलाई खोज्न सहयोग गर्न भनेपछि मूल प्रवाहले परिवारको पहिचानका लागि तस्वीर सार्वजनिक गरिदिन भनेको छ । मूल प्रवाह भुन्तुरका अध्यक्ष कन्हैया चौधरीले तस्वीरमा देखिएका व्यक्तिलाई चिन्नु भएकाहरुलाई सम्पर्कमा आउन आग्रह गर्नुभएको छ । उहाँले शवलाई चिन्नुहुनेलाई मूल प्रवाहको नजिकको कार्यालयमा सम्पर्क गरिदिन आग्रह गर्नु भएको छ । उहाँले भारतमा रोजगारीका लागि आउने कयौं नेपालीहरुको विभिन्न कारणले मृत्यु हुने गरेको र उनिहरुसँग पहिचान खुल्ने नागरिकता लगायतका प्रमाण नहुने भएकाले कयौंको लास समेत परिवारले पाउने अवस्था रहेको भन्दै भारत आउने सबै नेपालीहरुलाई आफ्नो नागरिकता लगायतका प्रमाण पत्रहरु लिएर आउन आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...