नेशनल लाईव विदेश संंवाददाता, 1 जुलाई
रोजगारीका लागि आयरल्यान्डमा गएर विभिन्न पेशा, ब्यबसाय र नोकरी गरिरहेका नेपालीहरुले नेपाल र नेपालीलाई केही गरौ भन्ने उद्देश्यका साथ कोर्क नेपाली समाजको स्थापना भएको हो ।
नेपालमा बिरामी परेका आर्थिक रुपमा कमजोर भएकालाई उपचारका लागि सहयोग गर्दै आएको समाजले भर्खरै नेपाल अर्घाखाँचीका एक पीडित बपरिवारलाई रु. १५२०००/- हजार हस्तान्तरण गरेको छ ।
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका वार्ड नम्बर नौ का फर्शुराम बिकको कल्कत्तामा मृत्यु भएको हुदा उनकी श्रीमति बालिका बिक र दुई छोरीलाई केही टेवा पुग्ने उद्देश्यले सो रकम संकलन गरि हस्तान्तरण गरिएको हो ।
लोकनाथ त्रिपाठी अध्यक्ष रहेको समाजमा सह कोषाध्यक्ष समेत रहेका स्थानिय सरोज पोख्रेलको सकृयतामा हरि प्रसाद गौतम, भिम खत्री, सरोज पोख्रेल, लोकनाथ त्रिपाठी, श्रीधर माधवराम, रुपेश रेग्मी, विजय साहनी, रामु खाड्का, राम खत्री , चमन राना, शुक्रराज न्यौपाने, अन्कित ओलि, विरेन्द्र अधिकारी, घन बहादुर, धर्मिन्दर सिंह, धन बहादुर खत्री, कमल अधिकारी, कृष्ण जिसि, शालिकराम खनाल, राजकुमार सुवेदी, टेक पुन, प्रकाश सापकोटा, राम सापकोटा, हरिकला पौडेल, बिबिसी बाग्लुङ्ग, वसन्त न्यौपाने, सन्तोष शर्मा, दयाराम, दिनेश आले, किशन खत्री, लक्ष्मी सापकोटा र जानुका सुबेदीले मन खोलेर सहयोग गरेका हुन ।
सहयोग रकम वडा प्रतिनिधि र सामाजिक अगुवाहरुको प्रत्यक्ष सहभागितामा पीडित बिक परिवारलाई हस्तान्तरण गरिएको हो ।









































