HomeFeatureभारतमा नेपालीहरुलाई आधारकार्ड बिना खोप लगाउने व्यवस्था

भारतमा नेपालीहरुलाई आधारकार्ड बिना खोप लगाउने व्यवस्था

नयाँ दिल्ली, 7 जुलाई 2021           

भारतमा रहेका नेपालीहरुलाई पनि अब नेपाली नागरिकताको आधारमा कोभिड 19 विरुद्धको खोप लगाउन शुरु गरिएको छ । भारत स्थित विभिन्न नेपाली संघ संस्थाको पहलमा भारतमा रहेका नेपाली नागरिकहरुले आधारकार्ड बिना कोभिड-19 विरुद्धको खोप लगाउन पाएका छन । युवा नेता सन्दीप रानाको समेत उपस्थिति रहेको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालाबिच भएको बैठकमा भारतभर रहिरहेका नेपाली नागरिक र नेपाली विद्यार्थीहरुलाई नेपाली नागरिकता, ड्राईभिङ लाइसेन्स र पासपोर्टका आधारमा खोप लगाउने व्यवस्थाको पहल गर्ने व्यवस्था गरिएको हो ।

भारतमा अहिलेसम्म भारतीय आधार कार्डका आधारमा मात्र खोप लगाउन पाउने व्यवस्था रहेकोमा अब भने नेपालीहरुले नेपाली नागरिकता वा ड्राईभिङ लाइसेन्सका आधारमा खोप लाउन पाएका छन। भारतमा आधार कार्ड नभएका कयौं नेपालीहरु कोभिड 19 विरुद्धको खोप लगाउनबाट बञ्चित रहेको अवस्थामा दिल्ली स्थित नेपाली राजदूतावासले यसका लागि पहल गरेको थियो । नयाँ व्यवस्था अनुसार अहिले नेपालीहरुले नेपाली नागरिकता वा ड्राईभिङ लाईसेन्सको आधारमै निशुल्क वा सशुल्क खोप लगाइरहेको नेपाली राजदूतावासका उप नियोग प्रमुख राम प्रसाद सुवेदीले नेशनल लाईभलाई जानकारी दिनुभयो । उहाँले नेपालीहरुले खोप लगाउनका लागि नाम दर्ता गर्ने कोविन एपमा आफ्नो नाम दर्ता गराएर वा सोझै सरकारी खोप केन्द्रहरुमा नेपाली नागरिकता वा ड्राईभिङ लाईसेन्स देखाएर खोप लगाउन सक्ने बताउनु भयो ।

सुवेदीले नेपाली नागरिकताको आधारमा कोविन वेबसाईटमा नाम दर्ता गराउँदा वेबसाईटमा नेपाली नागरिकताको विकल्प नभएकाले नेपालीहरुले आधार कार्डलाई नै चयन गरि त्यसपछि नेपाली नागरिकता राख्नु पर्नेछ । आधारकार्ड नम्बर राख्ने स्थानमा कम्तिमा 12 अंक पुऱ्याउनु पर्ने भएकाले नागरिकता नम्बरका साथै आफ्नो जन्ममिति र जन्ममितिले समेत नपुगेपछि नागरिकता बनाएको मिति पनि राख्नुपर्ने बताउनु भएको छ । नम्बर भर्दा अब्लीक ( / ) चिन्हको प्रयोग गर्न नहुने पनि जानकारी दिनुभयो ।

यसबाहेक भारतमा अहिले खोप केन्द्रमा गएर पनि नाम दर्ता गरेर खोप लगाउने व्यवस्था गरिएकोले नेपालीहरुले आफ्नो नागरिकता लिएर सोझै खोप केन्द्रमा पनि नाम दर्ता गराउन सक्ने उहाँले बताउनुभयो ।

कोविन पोर्टलमा नाम दर्ता भइसकेको अवस्थामा नेपालीहरुले खोप केन्द्रमा आफ्नो नागरिकता वा ड्राइभिङ लाईसेन्स लिएर जानुपर्ने बताउनुभयो । उहाँले नेपाली राजदूतावास र भारत सरकारको गृहमन्त्रालय र विदेश मन्त्रालयसँग अनौपचारिक समझदारीका कारण नेपालीहरुले खोप लगाउन पाइरहेकाले खोप केन्द्रमा सोधेको खण्डमा यस्तो समझदारीबारे अवगत गराउन पनि भनिएको छ ।  अहिले भारतका विभिन्न राज्यमा नेपालीहरुले नागरिकता, पासपोर्ट वा ड्राइभिङ लाइसेन्सको आधारमा खोप लगाईरहेको जानकारी पाईएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...