काठमाण्डौ, 21 जुलाई 2021
पछिल्लो समय नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६१६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ८ हजार ७१५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९१८ जना र ३ हजार ९०१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना संक्रमितहरु कोरोनामुक्त भएका छन्, भने ३० संक्रमितको मृत्यु भएको छ ।