HomeFeatureओलीले भने - माफी दिन्छु, आउनुहोस्, एकजुट भएर काम गरौं

ओलीले भने – माफी दिन्छु, आउनुहोस्, एकजुट भएर काम गरौं

काठमाण्डौ, 22 जुलाई 2021

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा असन्तुष्ट रहेको समूहलाई ‘आममाफी’ दिने बताएका छन्। ललितपुरको च्यासलमा आयोजित पुष्पलाल स्मृति कार्यक्रममा ओलीले बाटो बिराएकालाई माफ गर्ने बताएका हुन्। वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई लक्षित गर्दै ओलीले भने, ‘सबैलाई एकताका लागि भन्न चाहन्छु एम्नेस्टी इज ग्रान्ट्रेड। बाटो बिराएका साथीहरुलाई पनि म भन्न चाहन्छु।’ बुधवार मात्रै ओलीले २४ घण्टे अल्टिमेटम दिएर नेपाल पक्षका २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका थिए। उनले माधव कुमार नेपालालाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव पनि गरेका थिए। तर, नेपालले आफ्नो प्रस्ताव स्वीकार नगरेको ओलीले बताएका थिए। ओलीले नेपाल पक्षलाई पार्टीमा फर्कन आग्रह समेत गरेका छन्। तर, नेपाल पक्षका कारण पार्टीले ठुलो धक्का बेहोरेको ओलीको भनाई थियो। ‘आउनुस मिलेर काम गरौ। यस आन्दोलनलाई मजबुत पारौं। एकजुट भएर जाऔ। यस आन्दोलनले सानो धक्का बेहोरेको छैन्। आज फेरि एकजुट भएर अगाडि बढौँ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...