काठमाण्डौ, 23 जुलाई 2021
जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दूरीका सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ । मन्त्रिपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले लामो दूरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएको हो । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै लामो तथा मध्यम दूरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न अनुरोध गरेको छ । त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका परीक्षाका लागि भन्दै लामो तथा मध्यम दूरीका सवारीसाधन चलाउने व्यवस्था मिलाउन यातायात व्यवसायीलाई अनुरोध गरेको हो । परीक्षार्थी तथा सर्वसाधारणहरूको आवतजावतलाई सहज बनाउन सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध गरिएको हो । यात्रा गर्ने यात्रुले पनि अनिवार्य रूपमा टिकट काटेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ । साउन ४ गते बसेको मन्त्रिपरिषद बैठकले लामो तथा मध्यम दूरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।









































