काठमाण्डौ, 24 जुलाई 2021
भारतीय वेटलिफ्टर मिराबाई चानुले टोकियो ओलम्पिकमा भारतका लागि पहिलो पदक जितेकी छिन् । यो उनले भारतका लागि बनाएको रेकर्ड पनि हो। चानुले ओलम्पिकमा वेटलिफ्टिङमा रजत पदक जितेकी हुन् । रजत पदक जित्ने उनी पहिलो भारतीय वेटलिफ्टर हुन्। उनले ४९ किलो समूहमा यो पदक जितेकी हुन् । यो उमेर समूहमा चीनकी होउ जहुईले स्वर्ण पदक तथा इन्डोनेसियाकी विन्डी असाहले कास्य पदक जितेका छन्। चानुले २ सय २ किलोको भार उठाएर भारलाई रजत पद दिलाएकी हुन्। मेडल जितेपछि सामाजिक सन्जालमा चानु छाएकी छिन् । उनलाई भारतीय प्रधानमन्त्री, राष्ट्रपति देखि भारतीय सामाजिक सन्जाल प्रयोगकर्ताले बधाई दिएका छन् ।









































