HomeFeatureपरीक्षाका लागि संसदीय समितिको शिक्षा मन्त्रालयलाई निर्देशन

परीक्षाका लागि संसदीय समितिको शिक्षा मन्त्रालयलाई निर्देशन

काठमाण्डौ, 28 जुलाई 2021

संसदीय समितिले स्वास्थ्य मापदण्ड पालना गराएर मात्रै परीक्षा लिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ संक्रमणका बीचमा भइरहेका र हुन लागेका परीक्षामा दूरी कायम गराउनुको साथै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी परीक्षा लिने वातावरण मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले परीक्षामा बस्नुपूर्व सम्पुर्ण परीक्षार्थीको अनिवार्य रुपमा पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाउन भनेको छ । संक्रमित परीक्षार्थीलाई छुट्टै कक्षामा राखेर परीक्षा दिने व्यवस्था मिलाउन पनि बैठकले निर्देशन दिएको छ । त्यसैगरी गम्भीर प्रकृतिका र अस्पतालमा उपचार गराईरहेका परीक्षार्थीलाई भने दोश्रो चरणमा परीक्षा दिने व्यवस्था मिलाउन भनेको छ । त्यसैगरी समितिले सबै परीक्षा केन्द्रमा डाक्टर, नर्स र सामान्य औषधीहरु उपलब्ध गराउन भनेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति जगतपुरी घर्तीले सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने तर्फ आवश्यक पहल र परामर्श गर्न पनि सरकारलाई निर्देशन दिनुभयो ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले मन्त्रालयले बनाएको कोभिड–१९  सम्बन्ध निर्देशिका अनुसार नै सबै परीक्षा सञ्चालन हुने विश्वास दिलाउनुभयो । मन्त्रालयले कक्षा १२ को परीक्षा गर्दा परीक्षा केन्द्रमा कम्तिामा २ मिटरको दूरी कायम गरी जेड आकारमा सिट कायम राखी परीक्षा लिने व्यवस्था मिलाएको पनि उहाँले जानकारी दिनुभयो । कोरोना संक्रमित परीक्षार्थीको हकमा परीक्षा सुरु भएको ३० मिनेटपछि मात्रै परीक्षा केन्द्रमा प्रवेश गराएर भिन्नै कोठामा राखी परीक्षा दिने व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो । सचिव थपलियका अनुसार संक्रमित विद्यार्थीलाई शौचालय पनि फरक प्रयोग गर्ने व्यवस्था गरिने छ ।

उहाँले भन्नुभयो, “सरकारले तोकअनुसारको कोभिड–१९ सम्बन्धि मापदण्ड पूर्णतः पालना गरी परीक्षा सञ्चालन गर्ने, परीक्षा डिसीएमसीको समन्वयमा गराउने, परीक्षा केन्द्रमा कम्तिमा २ मिटरको दूरी कायम गराए जेड आकारमा परीक्षार्थीहरु राख्ने गरी सिट प्लान गर्ने, परीक्षा केन्द्रमा विद्यार्थीलाई सकेसम्म एकघण्टाअघि प्रवेश गराउने, सबै संकायको परीक्षा एकैदिन, समयमा नराखि फरक दिनमा सञ्चालनको व्यवस्था गर्ने, केस इन्भेष्टिगेशन एण्ड कन्ट्याक्ट ट्रेसिङको सहजताका लागि प्रत्येक विद्यालयहरुलाई पहिलो दिनको परीक्षा सुरु हुनुअघि केस इन्भेष्टिगेशन र कन्ट्याक्ट ट्रेसिङको फारम भर्न लगाइ संकलित फारम डिसीएमसीलाई उपलब्ध गराउने, कोभिड १९ संक्रमित परीक्षार्थीको हकमा सामान्य परीक्षार्थीको परीक्षा सुरु भएको ३० मिनेटपछि प्रवेश गराएर परीक्षार्थीलाई फरक कोठा र बेग्लै शौचालयको प्रयोग गर्न लगाउने र संक्रमितले प्रयोग गरेको सामग्री सम्बन्धित स्वास्थ्य कार्यालयमा सावधानीका साथ संकलन गर्ने, सकेसम्म परीक्षामा संलग्न प्राध्यापक, विद्यार्थीहरुलाई खोपको व्यवस्था गर्न डिसीएमसीसँग खोपको व्यवस्था गर्ने गरी मन्त्रालयले निर्देशिका बनाएको छ ।”

उहाँले पोखरा विश्वविद्यालयले विद्यार्थीलाई प्राज्ञिक मान्यता नदिएको कारण चाँडै पत्ता लगाउने बताउनुभयो । समितिले पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले ४ बर्ष पुगिसक्दा पनि प्राज्ञिक मान्यता नपाएको तर्फ पनि समितिले चासो देखाएको थियो । समितिले त्यसबारे तत्काल अध्ययन गरि विद्यार्थीलाई प्राज्ञिक मान्यता दिलाउने व्यवस्था गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।उहाँले सरकारले सबै विश्वविद्यालयको मागअनुसारको रकम उपलब्ध गराउन नसकेको बताउनुभयो । सार्वजनिक विद्यालय सुधारको लागि सरकारले विभिन्न प्रयास गरिरहेको भन्दै थपलियाले पालिकाको आवश्यकता हेरेर विद्यालय थप गरिने बताउनुभयो । उहाँले केन्द्रीय सरकारले मात्रै नभएर प्रदेश र स्थानीय तहले पनि सामुदायिक विद्यालयका लागि खर्च गरिरहेको बताउनुभयो ।

थपलियाले भन्नुभयो, “सरकारले सबै विश्वविद्यालयको मागअनुसार रकम उपलब्ध गराउन सकेको छैन, सार्वजनिक विद्यालयको सुधारका लागि विभिन्न प्रयास गरिरहेको छ, अब पालिकाअनुसार कति वटा विद्यालय आवश्यक छ, भन्ने कुराको छलफल गरेर अघि बढेमा मात्रै हामी गन्तव्यमा पुग्छौँ, अहिले केन्द्रीय मात्र नभएर प्रदेश सरकार र स्थानीय तहले पनि सार्वजनिक विद्यालयका लागि खर्च गरिरहेका छन्, तर सुदूर गाउँमा बस्ने विद्यार्थीलाई धेरै कठिनाइ र चुनौति छन्, अहिले १४ हजार भन्दा धेरै सार्वजनिक विद्यालयमा एक सय भन्दा कम विद्यार्थी छन् ।” 

समिति सदस्य एवं पुर्व शिक्षा मन्त्री गिरिराज मणी पोखरेलले कोभिड १९ को बेलामा कक्षा १२ को परीक्षा गरेर शैक्षिक सत्र बचाएको बताउनुभयो । उहाँले महामारीको बेलामा धेरै देशले शैक्षिक सत्र कोल्याप्स गरेपनि नेपालले गरेको यो प्रयत्नलाई सकारात्मक लिनुपर्ने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “कोभिड १९ को यो बेलामा नेपालले कक्षा १२ को परीक्षा गरेर शैक्षिक सत्र बचाएको छ, अन्य देशहरुमा महामारीले शैक्षिक सत्र कोल्याप्स भएको अवस्थालाई मध्यनजर गर्दा नेपालको यो प्रयत्नलाई सकारात्क लिनुपर्दछ ।”

बैठकमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले अभिभावको सुझाव र विद्यार्थीमा अध्ययनको क्षयीकरण रोक्नका लागि भएपनि भौतिक उपस्थितीमै परीक्षा सञ्चालन गरिने बताउनुभयो । सीसीएमसीको ९ बुँदे सुझाव सहितको स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कक्षा १२ को परीक्षा भौतिक उपस्थितीमै हुन्छ, अभिभावको सुझाव र विद्यार्थीमा पढ्ने संस्कृतिको क्षयीकरण रोक्नको लागि भौतिक उपस्थितीमै परीक्षा सञ्चालन गर्दैछौँ, परीक्षा एमसीसीले छलफलपछि गरेको ९ बुँदे सुझावसहितको स्वास्थ्यमापदण्ड अपनाएर सञ्चालन हुन्छ ।”

सदस्य सचिव अर्यालले एसइइको नतिजा अन्तिम चरणमा पुगेको पनि जानकारी दिनुभयो बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...