HomeFeatureम एमालेमा प्रवेश गरेको छैन, माओवादीमै छु : टोपबहादुर रायमाझी

म एमालेमा प्रवेश गरेको छैन, माओवादीमै छु : टोपबहादुर रायमाझी

काठमाण्डौ, 28 जुलाई 2021

पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गरेका नेता टोपबहादुर रायमाझीले आफू एमालेमा नगएको र अझै माओवादीमै रहेको बताउनुभएको छ । बुधबार सर्वोच्च अदालतमा सांसद् पदको पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा रायमाझीले आफूले औपचारिक रुपमा एमाले प्रवेश नगरेको बताउनुभयो । ‘केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा (एमाले)मा आजसम्म म निवेदक औपचारिक रुपमा प्रवेश गरेको छैन, एमाले पार्टीको सदस्यता लिएको छैन,’ उहाँले रिट निवेदनमा उल्लेख गर्नुभएको छ, ‘मिति २०७८ असार २३ गते मैले निर्वाचन आयोगबाट निवदेन गरी निकालेको प्रतिलिपिअनुसार नेकपा एमाले केन्द्रीय कमिटीको सदस्यमा म छैन ।’माओवादी पार्टीले कारबाही गर्दा आफूलाई स्पष्टिकरण नसोधेको उल्लेख गर्दै रायमाझीले आफूलाई स्पष्टिकरणको मौका नदिइएको रिट निवदेनमा बताउनुभयो । उनीसँगै माओबादी छोडेर एमालेमा प्रवेश गरेका लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु शाहले पनि सांसद् पदको पनुर्बहालीको माग गर्दै रिट निवदेन पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...