HomeFeatureमलेसियामा प्यारालाइसिसले थला परेका केवटलाई नेपाल फर्काइयो

मलेसियामा प्यारालाइसिसले थला परेका केवटलाई नेपाल फर्काइयो

काठमाण्डौ, 28 जुलाई 2021

प्यारालाइसिस भएर मलेसियामा थला परेका हरिश्चन्द्र केवटलाई सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाको पहलमा नेपाल फर्काइएको छ ।करिव तीन महिनाअघि प्यारालाइसिस भएर थला परेका केबटलाई मलेसियास्थित जनउद्धार केन्द्रले सोमवार नेपाल फर्काइएको हो । एक महिनाअघि फोन मार्फत् जनउद्धार केन्द्रलाई खबर आएको भएपनि विभिन्न व्यवस्था मिलाउँदा महिनादिनको समय लागेको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले बताउनुभयो । जनउद्धार केन्द्रले लगभग ३ हप्ताको अवधिमा मेलेसियास्थित नेपाली दूतावास सँग सहकार्य गरेर उहाँलाई नेपाल फर्काएको थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई एक महिनाअघि फोन मार्फत् हरिश्चन्द्र केवटले म बिरामी छु, मलाई घर पठाउनुपर्यो भनरे फोन गर्नुभयो, वहाँलाई फलोअप गर्ने क्रममा हामीले ह्वाट्सअपबाट उहाँको स्थिती बुझेको थियौँ, स्थिती एकदमै नाजुक रहेछ, त्यसपछि नै प्रोसेस चालेका थियौँ र लगभग ३ हप्तामा हामीले उहाँलाई मेलेसियास्थित नेपाली दूतावास र एम्बेसीसँग सहकार्य गरेर नेपाल फर्काउने व्यवस्था गर्यौं ।”

सामाजिक कल्याण संघ जनउद्धार समिति नेपाल फर्काउने क्रममा केवटलाई कम्पनीबाट ६ हजार ३ सय रिंगेट उपलब्ध गराएको समेत थापाले जानकारी दिनुभयो । केवटलाई नेपाल फर्काउने क्रममा कम्पनीलाई मार्फत् यो रकम उपलब्ध गराएको र नेपाल फर्किने टिकट समेत कम्पनीबाटै दिलाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल फर्काउन हामीले एम्बेसीसँग हिमालय एयरलाइन्ससँग कोर्डिनेट गरिदिन अनुरोध गरेँ, त्यसपछि उहाँलाई नेपाल फर्काउने टिकट र ६ हजार ३ सय रिंगेट कम्पनीलाई चिठी मार्फत् चेतावनी दिँदै कम्पनीबाटै उपलब्ध गरायौँ, उहाँलाई ५ सय रिंगेट मेरो पहलमा जनउद्धार समितिबाट उपलब्ध गराएँ ।”

उहाँले जनउद्धार केन्द्रले स्थापनाकालदेखि हालसम्म १७ वटा यस्तै प्रकारका केस र जम्मा ३ सय ५० जति मलेसियाबाट नेपाल फर्काएको बताउनुभयो । सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपालीहरुको मृत्युपछि अस्पतालमा थुप्रिएका शवहरु नेपाल ल्याइएको थियो । जसमा धेरै लाशहरुको बीचमा ह्वीलचियरमा देखिएका केवटको तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...