HomeFeatureसांसदहरु दार्चुलाको घटनाबारे सरकारमाथि खनिए

सांसदहरु दार्चुलाको घटनाबारे सरकारमाथि खनिए

काठमाण्डौं, 3 अगस्त, 2021

प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले दार्चुलाको घटना र खोपको विषयलाई लिएर सरकारमाथि खनिएका छन् । प्रतिनिधि सभाको शुन्य समयमा बोलेका प्रमुख प्रतिपक्षका सांसदहरुले दार्चुला घटनामा सरकार मौन बसेको आरोप लगाएका छन् । भारत सरकारका विरुद्ध बोल्न नसकेको, कम्र्फटेवल भएको भन्दै निन्दा गरेका छन् । प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि आफु बसेको स्थानबाट उठेर सरकारको ध्यानाकर्षण गराएका नेकपा एमालेका सांसदहरुले शुन्य समयको भरपुर उपयोग गरेका छन् । सरकारले छानविन समितिको निष्कर्ष आउनुअघि धारणा सार्वजनिक उचित नहुने बताइरहेका बेला सरकारले भारतीय राजदूतलाई बोलाएर स्पष्टिकरण लिनुपर्ने आवाज उठेको छ । त्यसैगरी सत्तारुढ दलका सांसदहरुले पनि समसामयिक विषयमा आफ्नो धारणा राखेका छन् ।सांसद विमला नेपालीले ३ वर्ष अगाडी नै प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन विस्थापित गर्ने घोषणा गरेको भएपनि हालसम्म विस्थापित हुन नसकेको भन्दै नेताहरुले सक्ने काम बारे मात्रै बोल्न सुझाउनुभएको छ । उहाँले नेताले जनतालाई झुक्याउनुनहुनेमा सचेत गराउनुभएको छ ।

उहाँले भन्नुभयो – ‘केपी शर्मा ओलीले पहिलो निर्णय नै एक वर्षभित्रमा देशैभरीका तुइन विस्थापित गर्छु भन्ने प्रतिवद्धता गर्नुभएको कुरा आज सम्झना आयो । उहाँ ३ वर्ष प्रधानमन्त्री हुनुभयो तर काम भएन । आज हामीले यो दुखद घटना सम्झनुपर्दा उहाँको बोलीको ठेगान थिएन भन्नेकुरा प्रमाणित भएको छ । तसर्थ हामी नेतृत्वमा बस्ने व्यक्तिहरुले सक्ने काम मात्रै गरौँ । नसक्ने काम नबोलौँ । र जनतालाई नझुक्काउ भन्नेकुरा राख्न चाहान्छु ।’

सांसद भरतकुमार साहले राज्य व्यवस्था समितिबाट पास भएर संसदमा आएको नागरिकता सम्बन्धी विधेयकलाई संसदबाट छिट्टै पास गराउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले सवारी साधनको लाइसेन्स परिक्षा नखुलेको भन्दै त्यसलाई पनि खुलाउनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले भन्नुभयो – ‘राज्य व्यवस्था समितिले नागरिकता सम्बन्धी विधेयक यस संसदमा पेश गरिसकेको छ । जन्मसिद्धका छोराहरुको नागरिकता नभएर धेरै समस्या छ । इन्जीनियर पास। बिए पास, एमए पास छन् । घुमिरहेका छन् । नोकरी पाएका छैनन् । बेरोजगार छन् । बिदेश जाने पासपोर्ट पनि बनाउन सकेका छैनन् । त्यसकारण म सरकारसँग माग गर्न चाहान्छु, त्यो विधेयकलाई संसदमा छलफल गरेर चाडैँ टुंग्याइयोस् । पास गरियोस् भन्ने कुराहरु म निवेदन गर्न चाहान्छु । अर्को कुरा गाडी, मोटरसाइकलहरुको लाइसेन्सको धेरै दिनबाट खुलेको छैन । यसलाई चाडै खुलाइयोस् ।’

सांसद भिमसेन दास प्रधानले विदेश जाने श्रमिकहरु खोप लगाएको प्रमाणित गर्न भीडभाड गर्दै लाइनमा बस्नुपरेको भन्दै त्यसलाई सहज बनाउन सरकार समक्ष माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘श्रमिकहरु बीचमा ३÷४ बजेदेखि लाइनमा बस्नुपर्ने, तर १२ बजेपछि टोकन  छैन भनेर फर्काइदिने । अस्तव्यस्त छ । गाउँबाट आएका धेरै युवाहरु फ्रस्टेशन छन् । डिजिटल डिस्प्ले राखोस् । टोकन दिओस् । सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’

सांसद भुमि प्रसाद त्रिपाठीले दार्चुला घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्नुभयो । वर्तमान सरकार भारतीय दादागिरीका सामु निरिह भएको उहाँको टिप्पणी छ ।

उहाँले भन्नुभयो – ‘सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न, दोषीलाई कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपुर्ति दिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउँदछु । वर्तमान सरकार भारतीय दादागिरिका सामु निरिह साबित भएको छ । यो सरकार नेपाली नागरिकका लागि होईन । अरु कसैको लागि कम्र्फटेवल भएको चर्चा सर्वत्र सुन्न पाइन्छ । हेक्का रहोस् गोरु सधैँ व्याउँदैन । लोकतन्त्रमा जनता नै भगवान हुन् ।’

सांसद मनकुमारी जिसीले केही महिनाअघि दुई राउटे युवतीलाई अमानविय व्यवहार गरिएको र उनीहरुको जीवन नै जोखिममा रहेको प्रचार प्रसार भइरहेको भन्दै उनीहरुको हालको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सम्झना र गाजलु दुई निर्दोष चेलीहरु माथि अमानविय व्यवहार गरियो । सामाजिक सञ्जालमा एकदम भाइरल गराइयो । तिनीहरुलाई न्यायको कठघरामा ल्याएपनि फेरी उनीहरुलाई मृत्युदण्ड दिदैँछन् भन्ने प्रचार प्रसार गरियो । उनीहरुको न्याय होस् र उनीहरुलाई सार्वजनिक गर्दै अझ के कस्तो भइरहेको छ यो बाहिर आओस् यो माग गर्न चाहान्छु ।’

सांसद महेश बस्नेतले कांग्रेस नेतृत्वको सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाउनुभयो । त्यस्तै सरकारले खोपको दुरुपयोग गरेको प्रति कवितात्मक शैलीमा खरो टिप्पणी गनुभयो । उहाँले वर्तमान सरकार चल्ने जस्तो नदेखिएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘एसएसबिले तुइन काटे, जयसिंह धामी महाकालीमा डुबे । सरकार भन्छ मौन बस, समाचार नबनाउ । प्रधानमन्त्री भन्नुहुन्छ खोप, खोप, खोप । कांग्रेसको मेयरको घरमा खोप । उपसभापतिको घरमा खोप । होटलमा सत्ता पक्षको कार्यकर्तालाई खोपै खोप, जनता दिनभरी लाइनमा खोप न सोप । बिचरा सरकार व्यापारी मन्त्री बनाउँछ । दक्ष सचिव फेर्छ । बिर हस्पिटलको एमडी फेर्छ । स्वास्थ्य माफियालाई संरक्षण गर्छ । देशभर बाढी पीडित जनता राहत पाइनँ भनेर कराउँदछन् । कांग्रेसका विपक्षीहरु मन्त्री नपाए सरकारमा जान्न भन्दैछन् । कांग्रेसका वडा अध्यक्षहरु नगरपालिकाको कार्यालय फोड्दै छन् । माओवादी, जसपा भन्दैछ मन्त्री संख्या नबढाए सांसदले आत्महत्या गर्ने भए । दिमागमा आतंक ल्याए, भुकम्प ल्याए । परमादेशबाट बनेको सरकार तिन हप्ता भएछ मन्त्रीमण्डल गठन भएन, न्यूनतम साझा कार्यक्रम आएन । प्रधानमन्त्री अब बेरोजगार भएका त्रिपाठीहरुलाई अदालत पठाउनुस् । फलानो पार्टीका फलानो मन्त्रीलाई मन्त्री बनाइँपाउँ भनेर परमादेश जारी गराउनुस् । नत्र जनादेश विनको सरकार चल्ला जस्तो देखिएन । अब जनता भन्दैछन्, केपी बा आइ लभ यू ।’

सांसद महेश्वरजंग गहतराज अथक ले दार्चुला घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न कुटनीतिक र राजनीतिक तहबाट छलफल अगाडी बढाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यसको बारेमा सरकारले छिटोभन्दा छिटो सत्यतथ्य छानविन गरेर यसलाई सार्वजनिक गर्नुपर्छ । र भारत सरकारसँग कुटनीतिक र राजनीतिक तहमा समेत छलफल गरेर यस घटनाको बारेमा गम्भिर ढंगले हामीले पहल कदमी गर्नुपर्छ ।’

सांसद मिनबहादुर विश्वकर्माले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसको छानविन गर्न माग गर्नुभयो । त्यहाँ आन्दोलनरत चिकित्सक, कर्मचारी र विद्यार्थीहरुको मागलाई सम्बोधन गरिनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘त्यहाँका पदाधिकारी,भिसी र उच्च तहका कर्मचारीहरुको लापरबाही, नीजि तथा व्यक्तिगत स्वार्थका कारण माफिया र डनहरुको संलग्नतामा भएको अनियमितता र भ्रष्टाचारले आज विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आफै सिकिस्त भएको छ । यसको सुधारको लागि चिकित्सक, कर्मचारी र विद्यार्थीहरु डेढ महिनादेखि आन्दोलनरत छन् । आन्दोलनलाई सम्बोधन गर्न र समस्या समाधान गर्न गठित उच्च स्तरीय छानविन समितिले बुझाएको प्रतिवेदनलाई सार्वजनिक गरी कार्यान्वयन गर्न र स्वच्छ छविका प्रतिष्ठित चिकित्सकलाई भिसी लगायत पदाधिकारीमा नियुक्त गरी व्यापक फेरबदल गर्न र प्रतिष्ठानलाई अपेक्षित सुधार ल्याउनका लागि सरकारको गम्भिर ध्यानाकर्षण गराउछु ।’

सांसद मेटमणि चौधरीले अब प्रतिनिधि सभा पुरा अवधि चल्नुपर्ने बताउनुभयो । संविधानको पालना गरी सोही अनुरुप सरकार सञ्चालन गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सत्तामा बस्नेहरुलाई घमण्ड नदेखाउन पनि उहाँले सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो – ‘बाँकी अवधिभरी जनप्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधि सभा विघटन नहोस्, संविधानको धारा, उपधारामा उल्लेख भए बमोजिम नै नेपाल सरकार अगाडी बढोस् । संविधानको पालना गर्ने क्रममा ध्यान पुगोस् । शक्ति र सत्तामा छु भन्दैमा सरकारको नेतृत्व गर्ने व्यक्तिहरुमा घमण्ड नहोस् ।’

सांसद योगेश भट्टराईले कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई समयको छुट नभएको बताउनुभयो । स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीले घोषणा गरे अनुरुप खोप उपलब्धता हुनेमा शंका व्यक्त गर्दै उहाँले प्रतिवद्धता अनुरुप काम गर्ने समय सुरु भएको सुझाउनुभयो ।

उहाँले भन्नुभयो – ‘असोज महिनाभित्र सबै खोप लगाउछु भन्ने स्वास्थ्यमन्त्रीको घोषणा, खोप, खोप, खोप भन्ने प्रधानमन्त्रीको घोषणा लागु हुने देखिदैन । सम्माननीय प्रधानमन्त्रीजी कोरोनाको रोकथाम र नियन्त्रणको निम्ति तपाईलाई समयको छुट छैन । शंकाको लाभ छैन । र तपाइको समय अब सुरु भएको छ । हेक्का रहोस् ।’

सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले विगतको सरकारले गरेको जनविरोधी कामहरुलाई खारेजी गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – सरकारले संविधानलाई ट्रयाकमा राख्न र लोकतन्त्रलाई सही बाटोमा हिडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ति सरकारले गरेका जनविरोधी कामहरुलाई खारेज गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ । यसको एउटा राम्रो उदाहरण हो, झापाको गिरिबन्धु टि स्टेट गार्डेनको हदबन्दीभन्दा बढी जग्गा विक्रि गर्ने अघिल्लो सरकारको क्याविनेटको निर्णयलाई तत्काल खारेज गर्नुपर्छ भनेर झापाबाट एउटा प्रतिनिधि मण्डलपनि आएको छ । यसतर्फ सरकारको म ध्यानाकर्षण गराउन चाहान्छु ।सांसद झाँक्रीले वर्तमान सरकारको संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिडाउने दायित्व रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...