HomeFeatureशुन्य समयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गरे

शुन्य समयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गरे

काठमाडौं, 4 अगस्त, 2021

राष्ट्रिय सभाको बुधबारको बैठकमा शुन्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद उदया शर्मा पौड्यालले ट्याक्सीले मनोमानी भाडा असुल्ने गरेको भन्दै त्यसलाई नियमन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । मिटरमा भाडादर निर्धारण गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘ट्याक्सी चालकको समेत प्रतिनिधित्व हुनेगरी नियामक निकायले सबै समस्यालाई समाधान गर्ने, मिटरमा भाडादर निर्धारण गर्ने काम गर्नुपर्यो । ट्याक्सी चालकपनि मर्कामा नपर्ने र यात्रुले पनि सुलभ सेवा पाउने व्यवस्था यथाशिघ्र होस् ।

सांसद कविता बोगटीले दार्चुलाका जयसिंह धामी प्रकरणमा सरकारले भारतीय पक्षकै पक्षपोषण गररेको भन्दै आम नेपालीलाई सशंकित बनाएको बताउनुभयो । घटनाको छानविन गर्न संसदीय समितिको गठन गर्न उहाँले माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सरकारले उल्टै भारतीय पक्षको पक्षपोषण गर्नुले परमादेशी सरकारको रवैया प्रति आम नेपालीलाई सशंकित र आतंकित बनाएको छ । यस घटनाको सत्यतथ्यको छानविन गर्न, संसदीय समितिको गठन गर्न सरकार सँग माग गदै पीडीत परिवारलाई उचित क्षतिपूर्तिको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।

सांसद कोमल वलीले देशमा कलाकारहरुले ठुलो योगदान गर्ने भएपनि कलाकारलाई अप्ठ्यारो परेको बेलामा सरकारले सहयोग नगर्ने गरेको दुखेसो गर्नुभयो । हाल कलाकार पल्पसा डंगोल मृगौला रोगका कारण जीवन र मृत्युको दोसाधमा रहेको भन्दै उपचारमा सहयोग गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले एकजना चर्चित कलाकार चलचित्रकर्मी, हाँस्यव्यंग्यकर्मी, गित संगितमा सहभागी कलाकार हुनुहुन्छ कलाकार पल्पसा डंगोल, मृगौला फेल भएका कारणले जीवन र मृत्यूसँग लडिरहनुभएको छ । कलाकार पल्पसा डंगोलको स्वास्थ्यउपचारका लागि सरकारले सक्दो सहयोग गरोस् भनेर यही सदनबाट प्रधानमन्त्रीज्यूसँग माग गर्दछु ।

सांसद खिमकुमार वि.क.ले कोभिड १९ विरुद्धको खोपको आपुर्ति राम्रो भएपनि व्यवस्थापकिय पक्ष सुधार गर्नुपर्ने बताउनुभयो । वैदेशिक रोजगारीमा जाने युवाहरुलाई खोप अनिवार्य भएकाले युवाहरुले झन्झट भोगेको भन्दै युवाहरुलाई सहज उपलब्धता गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो – ‘खोप आपूर्ति प्रक्रिया राम्रै छ तरपनि यसको व्यवस्थापकिय प्रक्रिया भने एकदमै सुधार गर्नुपर्ने देखिन्छ । वैदेशिक रोजगारमा जाने युवाहरु अनिवार्य रुपमा कोभिड १९ विरुद्धको खोप लगाउनुपर्ने, खोपको प्रमाणपत्र लिनुपर्ने र त्यो प्रमाणपत्रमा अनिवार्य रुपमा क्युआर कोड हुनुपर्ने त्यसो नहुँदा रोजगारदाता कम्पनी, देशहरुले मान्यता नदिएको कारणले अत्यन्त झन्झटिलो भइरहेको छ । युवाहरु निराश छन् । यो प्रक्रियामा जानका लागि सरकारको ध्यानाकर्षण गराउँछु ।

सांसद खिमलाल देवकोटाले खिमलाल देवकोटाले सिन्धुपाल्चोकको मेलम्ची बाढीबाट प्रभावितलाई व्यवस्थापन गर्न तिनै तहको सरकारलाई ध्यानाकर्षण गराउनुभयो । मौलिक हक सम्बन्धी कानून निर्माण गर्नुपर्नेमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो भने विचाराधिन अवस्थामा रहेका विधेयकलाई संसदमा पेश गर्न अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सिन्धुपाल्चोक बाढीको प्रभावितहरुको राहत र उचित व्यवस्थापन लगायतमा स्थानिय सरकारसँग उचित समन्वय गरी संघीय र प्रदेश सरकारको गम्भिर ध्यानाकर्षणको लागि अनुरोध छ । संविधानमा ३१ वटा मौलिक हक छन् । संविधान जारी भएको ३ वर्षभित्र मौलिक हकको कार्यान्वयन सम्बन्धी कानून बनाउनुपर्ने हुन्छ । अझैपनि अधिकांश मौलिक हकका कानुनहरु बनेका छैनन् । सबै मौलिक हकको कानूनहरु निर्माणका लागि सरकारको पहलकदमीको लागि अनुरोध छ । यसैगरी कानून निर्माण प्रक्रियालाई तिव्रता दिन समेत अनुरोध गर्दछु । ४९ भन्दा बढी विधेयकहरु विचाराधिन छन् । सबै विधेयकहरुलाई शिघ्र संसदमा पेश गर्नका लागि समेत अनुरोध गर्दछु ।

सांसद चक्रप्रसाद स्नेहीले सरकारले भुमी सम्बन्धी समस्या समाधान गर्न गठित आयोग खारेजी गरेर गलत गरेको टिप्पणी गर्नुभयो ।सांसद जग प्रसाद शर्माले शैक्षिक क्षेत्रमा कार्यरत मजदुरहरुको जीवन निर्वाहमा समस्या परेको भन्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।उहाँले विशेषगरी बाल शिक्षिका, सहायक लेखापाल र सहयोगीलाई जीवन निर्वाह गर्न पुग्नेगरी पारिश्रमिक व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...