HomeFeatureदार्चुला घटनामा भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

दार्चुला घटनामा भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाण्डौ, 4 अगस्त 2021

राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला घटनाका विषयमा तत्काल क्षमायाचना गर्न भारत सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा श्रेष्ठले भारत सरकारले अमानवीय कार्यप्रति क्षमायाचना गर्नुपर्ने बताएका हुन् । महाकाली नदीमा तुइन तर्दै गर्दा दर्चुलाका जयसिंह धार्मी भारतीय सीमा सुरक्षा बलले तार काटिदिएर अहिले पनि महाकालीमा बेपत्ता छन् । उनको परिवारले साल, पलास केही नभेटेपछि मृत्यु भएको भन्दै कुसको शव बनाएर दाहासंस्कार गरेको दुःखद अवस्था छ,” श्रेष्ठले भने, “म यो घोर मानवीय घटनाको भर्त्सना गर्दछु र भारत सरकारलाई यसका विषयमा क्षमायाचना गरी दोषीउपर कडा कारबाहीको माग गर्दछु । उनले नेपाल सरकारले छानबिन समिति गठन गरेर परिपक्व कूटनीतिक समाधान गरे पनि पीडित परिवारलाई राहत र क्षतिपूर्तिका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताए । नेपाल सरकारले छानबिन समिति बनाएर परिपक्व कूटनीतिबाट समस्या समाधान गर्ने खोजेको छ, यो उचित नै छ,” श्रेष्ठले भने, “तर, पीडित परिवारलाई क्षतिपूर्तिसहित भारतीय पक्षबाट क्षमायाचना गर्ने व्यवस्था मिलाओस् भन्ने आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...