HomeFeatureकांग्रेस भातृसंगठनद्धारा शेर बहादुर देउवाको ध्यानाकर्षण

कांग्रेस भातृसंगठनद्धारा शेर बहादुर देउवाको ध्यानाकर्षण

काठमाडौं, 5 अगस्त, 2021

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षहरुले १४ औँ महाधिवेशनको सुनिश्चितताका सम्बन्धमा पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । बिहीवार सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट पार्टी कार्यालय सानेपामा सभापति देउवालाई ज्ञापनपत्र बुझाउँदै १४ औँ महाधिवेशनको सुनिश्चितता गर्न माग गरेका हुन् । उनीहरुले पार्टी सभापति देउवालाई ज्ञापन पत्र बुझाउँदै महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न पनि माग गरेका छन् । पार्टीका नीति प्रशिक्षण तथा गणेशमान प्रतिष्ठानका सदस्य प्रमोदहरी गुरागाईंले पार्टीलाई वैधानिक हिसावले कब्जा गर्नका लागि विभिन्न बहानामा गरिएका आल्टाल र देखाइएका उदासीनताले आफूलाई झक्झकाएको बताउनुभयो । उहाँले ७७ वटै जिल्ला, सबै क्षेत्र र सबै क्षेत्रमा विधिवित ढंगले पार्टीलाई कब्जा गर्ने, गलत गर्ने नियतका साथ कर्महरु भइरहेको र इतिहासलाई छायामा पार्ने कुचेष्ठा गरिएकोले यसमा आफू गम्भीर भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीलाई वैधानिक हिसावले कब्जा गर्नको निमित्त विभिन्न बहानामा गरिएका आलटाल र देखाइएका उदासीनताले हामीलाई झक्झक्यायो, त्यही कारणले एउटै परिवारका सदस्य भएको नाताले हामीले श्रद्धेय पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा ज्यूलाई भन्नुपर्छ, वरिष्ठ नेता, पूर्व पदाधिकारीहरु र वर्तमान पदाधिकारीहरुलाई भन्नुपर्छ भनेर ध्यानाकर्षण गराएका हौँ, ७७ वटै जिल्ला, सबै क्षेत्र र सबै क्षेत्रमा विधिवित ढंगले पार्टीलाई कब्जा गर्ने, गलत गर्ने नियतका साथ कर्महरु भइरहेको छ इतिहासलाई छायामा पार्ने कुचेष्ठा गरिएकोले यसमा हामी गम्भीर छौँ ।”

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएपनि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन कार्यतालिका अनुसार तल्लो तहको अधिवेश हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...