HomeFeature‘प्रचण्ड’को रिट सर्वोच्चद्वारा खारेज, एमालेमा गएका जनप्रतिनिधिको पद कायमै

‘प्रचण्ड’को रिट सर्वोच्चद्वारा खारेज, एमालेमा गएका जनप्रतिनिधिको पद कायमै

काठमाण्डौ, 5 अगस्त 2021

नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीले गरेको कारबाही सदर हुनुपर्ने भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको भ्याकेट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ । माअ‍ोवादी केन्द्रबाट चुनाव जितेर नेकपा एमालेमा क्रियाशील भएका जनप्रतिनिधिहरूलाई पार्टीले गरेको कारबाही मान्य हुनुपर्ने भन्दै प्रचण्डले दिएको भ्याकेट निवेदन खारेज भएको हो । सर्वाेच्चमा बिहीबार न्यायाधीशहरू आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा प्रचण्डले दिएका भ्याकेट निवेदनहरूमाथि एकसाथ सुनुवाइ गर्दै खारेज भएको हो । अदालतको अन्तरिम आदेश खारेज गर्ने प्रचण्डको माग इजलासले अस्वीकार गरेको हो । अदालतको फागुन २३ को फैसलाले तत्कालीन नेकपा बदर गरी एमाले र माअ‍ोवादी पुरानै अवस्थामा फर्किएपछि एमाले रोजेका विभिन्न जिल्लाका स्थानीय तहका मेयर, उपमेयर, गाउँपालिकाका पदाधिकारीहरूलाई माओवादी केन्द्रले कारबाही गरेको थियो । कारबाही गरिएका जनप्रतिनिधिलाई उसले निर्वाचन आयोगबाट पदमुक्तसमेत गराएको थियो । पदमुक्त भएकाहरु सर्वोच्चमा गएपछि कारबाही रोक्नका लागि अन्तरिम आदेश भएको थियो । अदालतको आदेशसँगै रौतहटका विभिन्न स्थानीय तहका १४ जना जनप्रतिनिधिहरु पुनः पदमा फर्किएका थिए । सोही अन्तरिम आदेश खारेजीको मागसहित प्रचण्डले भ्याकेट निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...