HomeFeatureआफु एकताको पक्षमा: रघुजी पन्त

आफु एकताको पक्षमा: रघुजी पन्त

काठमाडौं, 5 अगस्त, 2021

नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एमाले एकताको पक्षमा आफु प्रयासरत रहेको बताउनुभएको छ । बिहीबार वरिष्ठ नेता नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठकमा सम्बोधन गर्दै उहाँले पार्टी एकताका लागि वार्ता अघि बढिरहेको बताउनुभएको हो । उहाँले केही विषयमा सहमती भएको उल्लेख गर्दै अझै केही विषयमा वार्ता गरिरहेको बताउनुभएको एमाले नेता रघुजी पन्तले जानकारी दिनुभयो । वरिष्ठ नेता नेपालले सहमतीको निम्ति वार्तामा अझैपनि सामेल भएको भन्दै एकता आफ्नो इच्छा र चाहाना भएको बताएको नेता पन्तले भन्नुभयो ।

उहाँले भन्नुभयो – ‘एकताको प्रक्रिया र वार्ता अघि बढीरहेको छ । केही सहमती भएका छन् । केही विषयमा अझै वार्ता जारी छ । यो विषयमा स्थायी कमिटीमा हामीले निरन्तर छलफल गरिरहेका छौँ । एकता हाम्रो इच्छा हो । चाहाना हो । अहिलेसम्म वार्ताबाट आएका सहमतीहरु त छदैछन्, हामी एकता र सहमतीका लागि अझै वार्तामा सामेल छौँ । प्रयासरत छौँ भनेर भन्नुभो ।’

बैठकमा नेपाल पक्षको कार्यदल संयोजक भिम रावलले १० बुँदे सहमतीको सम्बन्धमा ब्रिफिङ गर्नुभएको थियो । संस्थापन पक्षले पार्टी सदस्यता नविकरणको लागि मिति तोकेरै अघि बढेको अवस्थामा कार्यदल संयोजक रावलले नविकरणको काम पार्टी एकता टुंगिएर २०७५ जेठ २ गतेको अवस्थाको बैठक बसेपछि गर्न अनुरोध गरेको र त्यसको सकारात्मक जवाफ आएको रावलले जानकारी दिएको नेता पन्तले बताउनुभयो । उहाँले एकताको पाइला सकारात्मक रुपमा अगाडी बढेको जिकिर पनि गर्नुभयो ।

 उहाँले भन्नुभयो – ‘सदस्यता नविकरण गर्ने लगायत सबै कुरा एकताको प्रक्रिया टुंगिसकेपछि जेठ २ को कमिटीको बैठक बसिसकेपछि गर्ने हो, स्थगित गर्नुस् भनेर हाम्रो तर्फका कार्यदल संयोजक भिम रावलले भनेको र त्यस सम्बन्धमा सकारात्मक पाइला चाल्ने जवाफ पाएका छौँ । १० बुँदे सहमती बारे विस्तृत जानकारी गराएर कार्यदल संयोजक भिम रावललले बुँदा बुँदामा व्याख्या गर्नुभयो । हामी एकतातर्फ अगाडी गइरहेका छौँ । एकतातर्फ हाम्रा पाइलाहरु सकारात्मक रुपले अगाडी बढीरहेका छन् । दुवै पक्ष एउटा समझदारीमा आउने हाम्रो विश्वास छ । वार्ता अझै जारी छ । दुवै तर्फको वार्ता टोली सम्वादमा छन् ।’

सञ्चारकर्मीको प्रश्नमा नेता पन्तले नेपाल पक्ष सरकारमा जाने कुनै सम्भावना नभएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामी सरकारमा जाने सम्भावना नै छैन । हामी एउटै पार्टीमा छौँ । एमालेमा छौँ । प्रतिपक्षमा छौँ ।’

वरिष्ठ नेता नेपालले कोरोना विरुद्धको खोपको व्यवस्था गरेर सबै नेपाली जनतालाई यथाशिघ्र खोप दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै बाढी, पहिरो पीडित जनतालाई गाँस, बासको व्यवस्था गर्दै मृतकको परिवारलाई क्षतिपूर्ति दिन र दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणको यथार्थ जानकारी बाहिर ल्याएर देषीलाई सजाय र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्नेमा पनि वरिष्ठ नेता नेपालले सरकारलाई आग्रह गरेको नेता रघुजी पन्तले बताउनुभयो ।आजको बैठकमा करिब दुई दर्जन केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेको उहाँले जानकारी दिनुभयो । बैठक भोलि बिहान ११: ३० मा पुनः बस्ने पनि नेता पन्तले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...