HomeFeatureसंवैधानिक आयोगमा अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्न रामनारायण बिडारीको माग

संवैधानिक आयोगमा अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्न रामनारायण बिडारीको माग

काठमाडौं, 6 अगस्त, 2021

राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संवैधानिक आयोगमा अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताउनुभएको छ । शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले अघिल्लो सरकारले गैरसंवैधानिक रुपमा अध्यादेश मार्फत् संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेर संवैधानिक निकायलाई कमजोर पारेको भन्दै ति नियुक्तिहरु बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताउनुभएको हो ।

 उहाँले भन्नुभयो – ‘राष्ट्रिय सभा जस्तो गरिमामय सभाले भनोस् अध्यादेशद्धारा भएका सम्पूर्ण काम कारबाहीमा राजनीतिक सहमतीद्धारा ति नियुक्तिहरु बदर गरेर ठिक बाटोमा, संविधानका बाटोमा फेरी कार्य गर्नुभनी निर्देशन पनि दिन सकौ ।

उहाँले संवैधानिक आयोग अपांग भएको, अदालतमाथि आलोचना भएको यो बेलामा संविधान विरोधीहरु खुशी भएको र धर्मको नाममा राजतन्त्रको कुरा माग्न थालेको टिप्पणी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘संवैधानिक आयोग अपांग भयो । अन्तर्राष्ट्रिय मान्यतामा प्रश्न उठ्यो । मानव अधिकार आयोग थरथर काम्नुपर्ने भयो । संसदको गरिमा पनि घट्यो । अदालतको आलोचना हुन थाल्यो । प्रधानन्यायाधिशमाथि प्रश्न उठ्न थाल्यो । संवैधानिक अंगहरु निष्प्रभावि भयो । संविधान विरोधीहरु खुशी भए । नेपाल विरोधीहरु नाच्न थाले । यही मौका छोपेर धर्मको नाममा मुर्ति चोरहरु राजतन्त्रका कुरा माग्न थाले ।

उहाँले सरकारलाई छिटोभन्दा छिटो वास्तविक गरिवहरुलाई जग्गा वितरण गर्न अनुरोध पनि गर्नुभयो । वर्तमान सरकार मुलुकमारा र गरिवमारा हुननहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...