दार्जीलिङ, 6 अगस्त, कयेश अंसारी
दार्जलिंगका सांसद राजु बिष्टले आज दिल्लीमा पत्रकार सम्मेलन गर्दै आगामी सेप्टेम्बर महिनाको दोस्रो साता त्रिपक्षीय वार्ता हुने बताएपछि दार्जीलिङमा आमरण अनशनरत अल भारतीय गोर्खा लीगका अध्यक्ष एसपी शर्माले अनशन तोड़नु भएको छ। दार्जलिंगका सांसद राजु बिष्टले अढाई वर्ष सम्म गोर्खाल्याण्डको मागमा के काम गरे त्यसको जवाफ दिनु पर्ने माग गर्दै एबीजीएलका अध्यक्ष एसपी शर्मा पछिल्लो 6 दिनदेखि आमरण अनशनमा बस्नु भएको थियो । साथै शर्माले संसदको जारी मानसून सत्रमा गोर्खाल्याण्डको विषयमा स्थायी राजनीतिक समाधानको विषय उठाउन माग गर्दै यदि त्यसो नगरे पदबाट राजीनामा दिन समेत माग गर्रेनुभएको थियो।
शर्माको आमरण अनसनलाई पहाड़का विभिन्न राजनीतिक दलले समर्थन जनाएका थिए। आमरण अनशनको पाँच दिन सम्म सांसद राजु बिष्टले कुनै प्रतिक्रिया नदिएका कारण शर्माको स्वास्थ्य अवस्था निकै बिग्रिएको थियो। तर सासंद राजु विष्टले पीआईबी मार्फत त्रिपक्षीय वार्ता हुने जानकारी दिदै 12 अगस्तमा त्रिपक्षीय बैठकमा सहभागी हुन राज्य सरकार र दार्जीलिङ पहाडका विभिन्न राजनितीक दललाई गृहमन्त्री मार्फत पत्र पठाईने घोषणा गर्नुभएको छ । गोर्खाल्याण्डको स्थायी राजनीतिक समाधानको विषयमा दिल्लीमा त्रिपक्षीय छलफल हुनेछ ।









































